२०८३ साउन १३ गते बुधबार

समाजको आकर्षण हिंसाप्रति छ

 |  अशोक वाजपेयी
Sanket

अशोक वाजपेयी

काठमाडौँ, असोज १९
ashok_bajpayee1

म हुर्केको सानो सहरमा उतिबेला गुण्डाहरूको समानान्तर सत्ता चल्ने गर्दथ्यो। यो गत शताब्दीको चालीस र पचासको दशकतिरको कुरा हो। उनीहरुलाई गुण्डा होइन, रंगदार भन्ने गरिन्थ्यो। जसरी आजकाल कयौँ गुण्डाहरुलाई राजनीतिज्ञ, गोरक्षक, कहिले सांसद त कहिले मन्त्रीसमेत भनिएको वा देखिइरहेको छ। थाहा छैन,कहिले यस्तो भयो, गुण्डा हुँदाहुँदै पनि यी सबै भूमिकामा कुनै बाधा छैन!

तर अहिले धेरै व्यक्तिको राजनीतिक उन्नयनमा गुण्डाहरूले सहयोग गरेको प्रष्ट देखिन्छ। धेरै राजनीतिक दलहरूमा गुण्डाहरूको फौज छ भएको पनि देखिन्छ, उनका गुन्डा, हाम्रा गुन्डा। यो कुरामा कतिसम्म सत्यता छ मलाई थाहा छैन। पहिले सीपीएमका गुण्डाहरू अहिले तृणमूल कांग्रेसका गुन्डा बनेको कुरा बंगालका धेरै साथीहरूले भनिरहेका छन्।

गुण्डाहरू प्रायः हिंसा, आक्रमण, झगडा, दंगा भड्काउन र निम्त्याउन सहायक हुन्छन्। यसमा विवाद हुन सक्छ, तर गोदी मिडियाका सबैजसो स्वामीभक्त पत्रकार र एंकरहरू हरदिन विभिन्न सूक्ष्म वा कुरूप गुण्डागर्दी गरिरहेको देख्न र सुन्न सकिन्छ। टेलिभिजनमा अभूतपूर्व हिंसा छ र त्यस्तो हिंसा गुण्डावादको अनिवार्य पक्ष हो।

भारतीय समाजको व्यापक मानवीयता, सहानुभूति र संवेदनशीलतामा दिनहुँ कटौती भइरकेको छ। यो दरको कटौती अभूतपूर्व छ। यो त कथित ‘अमृतकाल’मा भइरहेको छ, याद गर्नुपर्ने कुरा यही छ। यसले पनि भारतीय समाजमा हिंसाप्रति आकर्षण बढाइरहेको छ। ‘हामी शान्तिपूर्ण र अहिंसक समाज हौँ’ भन्ने भन्ने मिथक अब चकनाचूर भइसकेको छ।

हालैका दिनहरूमा अयोध्याको प्रसिद्ध राम मन्दिरको सफाई गरिरहेकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ। धार्मिक स्थलहरू यहाँसम्मको अनैतिक अत्याचारबाट अछुतो छैन । बरु, लाग्छ त्यस्ता ठाउँ पनि हिंसा र अत्याचारको केन्द्र बन्दै गएका छन्। यतिविधि अत्याचार हुँदाहुँदै पनि हिन्दू समाजमा कुनै उद्वेलन नहुनु विडम्बना हो। यो भन्दा ठूलो बिडम्बना त विद्वताहीन धर्मनेता गुन्डालाई कारबाही गर्ने कुरा उठाउँदैनन्। मुखर भएर निन्दा गर्दैनन्।

हिन्दू धर्म नैतिक संकटमा छ। र यो धर्ममा गुण्डागर्दीको प्रस्ट रूपमा विरोध गर्ने साहस अब बचेको छैन। अनैतिकताको विरोध गर्नु उसको धार्मिक कर्तव्य हो। गुन्डागर्दीलाई राजनीतिमा स्थान मात्र मिलेको छैन,यसले धर्ममा पनि मान्यता पाइरहेको छ। यो कुरा दुर्भाग्यपूर्ण छ।

‘हामी शान्तिपूर्ण र अहिंसक समाज हौँ’ भन्ने मिथक अब चकनाचूर भइसकेको छ।

मेरो बाल्यकालमा फर्किएँ भने पनि मलाई याद छ कि त्यो समयका गुन्डाको व्यापक प्रभावको हुँदाहुँदै पनि अनैतिक मानिन्थ्यो र समाजमा स्वीकार्य थिएन। यसको विपरीत, हामी अहिले जुन स्थितिमा छौं, गुण्डाहरूलाई लगभग वैध मानिन्छ। यसमा न त राजनीतिक दल न त मिडियाले आपत्ति जनाएका छन्।

संविधाननिर्माताहरूले लोकतन्त्रमा गुण्डाहरूको यो हदसम्मको वर्चश्व, प्रभाव र भूमिका निर्णायक हुन्छ भन्ने कुरा कहिल्यै सोचेका थिएनन्। हाम्रो लोकतन्त्र दिनहुँ खराब भइरहेको छ। यसमाथि दिनहुँ बलात्कार भइरहेको छ। एकातिरबाट चोरले बलात्कार गरिरहेका छन्, अर्कोतिरबाट गुण्डाले बलात्कार गरिरहेका छन्। लोकतन्त्रका कतिपय कुरालाई केहीले भयानक लालसाका साथ भोग गरिरहेका छन्।

साहित्य, त्यसमा पनि विशेष गरी प्राज्ञिक क्षेत्रमा विचार र वर्गीकरणका परम्परा छ। एक पटक बनेका विचारहरू पछिसम्म प्रभावशाली भएर अस्तित्वमा रहिरन्छन्। विचार यसरी बाँधिन्छ कि स्वतन्त्र हुनै छोड्छ। र विचारको पुनर्विचार अथवा बाँधिएको धारणाको समीक्षा गर्ने सम्भावना र आवश्यकता लगभग समाप्त हुन्छ।

प्रायः प्रारम्भिक विचारले आफ्नो रुचि र दृष्टिकोणअनुसार वर्गीकरण र विश्लेषण आदि गरेको हुन्छ। त्यसो गर्नेहरू चिनिए उनीहरूको प्रभाव पनि बढ्छ। प्रभावशाली विचारसामु अरू लेखकहरूले पनि आफ्नो स्वतन्त्र विचार व्यक्त गर्ने आँट गर्दैनन्। उनीहरू पनि अर्कैका विचारले काम चलाउँछन्।

विचारको पुनर्विचार (समीक्षा) गर्ने अवसरहरू आइरहन्छन्। कुनै लेखक वा कृति पचास वा सय वर्ष पुगेपछि त्यसमाथि पुनर्विचार गर्नु अनिवार्य हुन्छ। कतिपय संस्था र मुद्राहरूमाथि पनि निश्चित समयपछि पुनर्विचार/नवीकरण गरिन्छन्। तर विचार/धारणाहरूको तथाकथित पुनर्विचार चाहिँ विचारसम्म पनि बन्दैन। न त त्यो लेखक वा कामलाई नयाँ कोणबाट पढ्न कोही सक्षम हुन्छ। प्राय: पहिले नै बनेको विचारमाथि फेरि विचार हुन्छ (पहिलेकै विचारको पुनरुक्ति हुन्छ)। कृति वा लेखकका विषयमा समीक्षा हुँदैन। परिवर्तनशील परिस्थितिमा पनि लेखक वा कृतिलाई दोहोर्‍याएर पढिँदैन। जुन कुरा पहिल्यै दर्ज छ, त्यसैबाट काम चलाउने गरिन्छ।

हिन्दीमा कुनै पनि कृति वा लेखकलाई जबरजस्ती आफ्नो सामाजिक अभिप्रायको आधारमा हेर्ने प्रवृत्ति यति गहिरो भएर गढेको छ कि त्यसबाहेक अरू दृष्टिबाट हेर्न/पढ्न लगभग असम्भव छ। हरेक कृति वा लेखकमा पढ्ने समाजको उद्यम यति सर्वव्यापी छ कि त्यसबाट निस्कने भाषा, संरचना, सङ्केत र अभिप्रायलाई बुझ्ने कुनै प्रयासै हुँदैन, न त कुनै रसास्वादन नै हुन्छ।

हिन्दी समालोचना स्वादहीन र निर्जीव हुनुको एउटा कारण भनेको यसको स्वायत्तता, जटिलता र सूक्ष्मतामा कृति पढ्ने सम्भावना नै बचेको छैन। प्रत्येक रचना विचारभन्दा जटिल र भारी हुन्छ। विचारमा लगभग कथ्यको अधिनायकत्व छ, यस्तोसम्म छ कि रचनाहरू भाषा र शिल्पमा होइन कि विचारका आधारमा रचना गरिएको हुन्। कुनै दृष्टिकोणमा रहेर रचना गरिएको हो, जीवन-घटना, विम्ब, मुखरता र मौनतामा होइन भन्ने कुरा स्थापित छ। यी सबै साहित्यको अवमूल्यन गर्ने काम मात्र हुन्। यो भनेको साहित्यमाथि अन्याय र अत्याचार गर्नु बराबर हो।

विचार विचेचना कठिन-जटिल मामला हो। र हामी जे कुरालाई विचार मानेर चल्छौँ त्यो कुरा नै वास्तवमा विचार हुँदैन, सिर्फ कथ्यको सरलीकरण मात्रै हुन्छ।

खुत्रुकेको खजाञ्जी
केही दिनअघि विनोदकुमार शुक्लाका छानिएका कविता ‘ट्रेजरर अफ पिग्गी बैंक्स’को अंग्रेजी अनुवाद एक कार्यक्रममा सार्वजनिक गरियो। यसको अनुवाद प्रसिद्ध अंग्रेजी कवि अरविन्द कृष्ण मेहरोत्राले गरेका हुन्। उनी अनुवादकको रूपमा प्रसिद्ध छन्। उनका कबीर र रहीका अनुवादहरू बहुप्रशंसित छन्।

विनोदको एउटा कविताको अङ्ग्रेजी अनुवाद केही वर्षअघि विश्वप्रसिद्ध पत्रिका ‘ग्रान्टा’मा प्रकाशित भएको थियो। उक्त कविता पनि यो नयाँ पुस्तकमा समावेश छ। ‘मोडर्न पोयट्री इन ट्रान्सलेसन’, ‘मेटामारफ्रेसेस’, ‘अलमस्ट आइल्यान्ड’ आदिमा पनि केही अन्य अनुवाद प्रकाशित भएका थिए।

पुस्तकको नाम ‘ट्रेजरर अफ पिग्गी बैंक्स’ले चाहिँ मलाई अन्योलमा पार्‍यो। वास्तवमा, यो नाम कवि विनोदको एउटा कविताबाट लिइएको रहेछ। उक्त कुरामा मैले पहिले ध्यान दिएको रहेनछु। पुस्तकमा मौलिक हिन्दी कविताहरू र अंग्रेजी अनुवाद समावेश छन्। पुस्तकको शीर्षक जुराउने उक्त कविता (हिन्दीमा) यस प्रकार छ:

जन्म के साथ एक न एक दिन मृत्यु–
एक जुड़वां जन्म है.
मैं जन्मजात मृत्यु लिए फिरता हूं.
जितने दिन जीवित रहूंगा
अपनी मृत्यु को बचाकर रखूंगा.
परंतु मृत्यु के बाद
गुल्लक (खुत्रुके) में कहीं जीवन जमा रहता है.
गुल्लकों का खजांची बना फिरता हूं
उनके भी गुल्लक का.

द वायरबाट

प्रकाशित: २०८१ असोज १९ गते शनिवार ०५:०५
Sanket

अशोक वाजपेयी

वाजपेयी वरिष्ठ साहित्यकार हुन्।
प्रतिक्रिया

थप समाचार

‘सिङ्गो देश डिप्रेसनमा छ’

डिप्रेसनले राज गरेको मुलुकमा समाज सधैँ एउटा नायकको खोजीमा हुँदो रहेछ, तर कसैलाई लामो समय विश्वास गर्न नसकेर नायक बदलिरहँदो रहेछ। को

गीत ‘मास्टर्नी’ को पोस्टरको समाजशास्त्रीय विश्लेषणः समाज निर्माणको आधारमा प्रहार

शिक्षक समाजको एउटा महत्वपूर्ण खम्बा हो। शिक्षकले ज्ञान, सीप, मूल्य र मान्यताहरू नयाँ पुस्तामा हस्तान्तरण गर्दै समाजलाई सही दिशामा डोऱ्याउने कार्य गर्छ। त्यसैले, शिक्षकलाई मनोरञ्जनको पात्र...

नेपो डच डिजिज र रेमिटान्स मेन समाज !

ल्हासातिर ऊन बेचेर सुन भित्र्याइने नेपालले आफ्ना स्रोत त्यति नै बेलादेखि नै नचिनेर होला, पहाडतिरका बलिया र सग्ला पाखुराहरू लाहुरे बन्ने तोडमोडमा कसैले थर फेरे, कसैले घर फेरे; जसरी हुन्छ लाहुरे...

‘व्यक्तिगत ग्यारेन्टी हट्नु सम्पत्तिमा आधारित अर्थतन्त्रबाट उत्पादनमा लैजाने कदम’

नेपालमा बैंक तथा वित्तीय संस्थाले व्यवसायिक कर्जा प्रवाह गर्दा व्यवसायीको व्यक्तिगत जमानी (पर्सनल ग्यारेन्टी) अनिवार्य रूपमा लिने प्रचलन लामो समयदेखि रहेको छ। अहिले यो व्यवस्था हटाउने विषयमा...

‘जलविद्युतमा लगानी पुनसंरचना गरेर सेयर प्राइस डिस्कभरी मेकानिज्ममा जानुपर्छ’

सुरुवाती दिनदेखि जोखिम मोल्ने प्रवर्द्धकको सेयर मूल्य र सबै जोखिम न्यूनीकरण भइसकेपछि आउने लगानीकर्ताको सेयर मूल्य बराबरी हुनु वैज्ञानिक देखिँदैन। त्यसैले, प्रवर्द्धकको मेहनत, विज्ञता र...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना