२०८३ साउन १३ गते बुधबार

दाइजोमा आएकी थिइन् माझकी देवी अर्थात् बागलुङ कालिका

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १९
baglung_kalika

बागलुङ– नवरात्रको तेस्रो दिन शनिबार सखारैदेखि बागलुङस्थित कालिका भगवती मन्दिरमा भक्तजनको चहपहल देखिन्थ्यो। कोही पूजाका सर्जाम थालीमा सजाएर लाममा उभिएका थिए। कोही भाकलको बोका डोर्‍याइरहेका त कोही भाले कोखिलामा च्यापरिहेका देखिन्थे। शक्तिरुवरुपा देवी कालिकाको पूजाअर्चनाका लागि टाढा–टाढाबाट दर्शनार्थी बागलुङ आइपुगेका थिए। मन्दिरको माहोलले दसैँ आएको आभास दिलाएको थियो।

भक्तजनहरु एकापसमा शुभकामना साटिरहेका थिए। मन्दिर परिसरको वातावरण पर्वमय बनेको थियो। पूजाआजाका लागि व्यग्र भक्तजनले धर्मप्रतिको आफ्नो आस्थालाई झल्काइरहेका थिए। घण्टौँसम्म लाममा उभिँदा पनि उनीहरु शान्त र धैर्य देखिन्थे।

पर्वतको पातीचौरकी चीनमाया पुनले विदेशमा रहेका छोराछोरीले धूपध्वजा चढाइदिन भनेकाले उनीहरुको मनोकामनाका लागि कालिका मन्दिर आएको सुनाइन्। धर्मकर्ममा विश्वास भएकाले बेलाबखत पूजाआजाका लागि मन्दिर आउने गरेको उनको भनाइ थियो। भाले भाकल चढाउन म्याग्दीको सिँगाबाट आएका खड्कबहादुर कार्कीले मनले चिताएको पूरा हुने विश्वासमा भाकल गरेको बताए। देवी भगवतीको दर्शन गर्नाले मनले आँटेताकेको पूरा हुने जनविश्वासले भक्तजनहरु मन्दिर परिसरमा लामबद्ध थिए।

मनोकाङ्क्षा पूरा गर्नकै लागि कतिपयले बोका, कुखुरा, हाँस, परेवा आदिको भाकल गरेका सुनाए। कोही भाकलको वाचा पूरा गर्न मन्दिर आएका भेटिए। बडादसैँको घटस्थापनादेखि मन्दिरमा भक्तजनको चहलपहल बढेको मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए। दसैँको फूलपाती र अष्टमीका दिनमा ठूलो सङ्ख्यामा भक्तजन आउने उनको भनाइ थियो।

‘बडादसैँभर बिहान तीन बजेदेखि नै मन्दिर खुला हुन्छ, यस अवधिमा दैनिक हजारौँ भक्तजन मन्दिर दर्शनका लागि आउनुहुन्छ’, उनले भने, ‘भक्तजनको सेवा सुविधा र सहजताका लागि पूजाको सम्पूर्ण व्यवस्थापन चुस्त बनाइएको छ।’

मन्दिरको सुरक्षा प्रबन्ध मिलाउन प्रहरी प्रशासन र स्वयंसेवक खटाइएको उनले बताए। मन्दिर परिसरमा आकस्मिक स्वास्थ्य सेवाकक्ष सञ्चालन गरिएको छ। भक्तजनको मनोरञ्जनका लागि नियमित भजन र साँझमा आरतीको प्रबन्ध मिलाइएको छ।

नवरात्रभर पाँच लाख भक्तजनले मन्दिरको दर्शन गर्ने आँकलन गरिएको अध्यक्ष खड्काले बताए। यसपटकबाट भक्तजनलाई प्रसादी पनि वितरण गर्न सुरु गरिएको छ। विसं १५९१ मा बागलुङ नगरपालिका–१ मा स्थापित कालिका भगवती मन्दिरमा बर्सेनि बडादसैँ र चैतेदसैँमा विशेष मेला लाग्ने गर्छ।

बडादसैँको पूजासँग कालिका भगवती मन्दिरको लामो इतिहास र परम्परा जोडिएको अध्यक्ष खड्काले बताए। मध्यकालमा पर्वत राज्य हुँदादेखि नै यस मन्दिरमा पूजाआजाको थिति बसेको इतिहासमा उल्लेख छ।

तत्कालीन पर्वते राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग विवाह गर्ने क्रममा दाइजोस्वरुप ल्याएको माझकी देवीको मूर्तिलाई अहिले कालिका मन्दिर रहेको ठाउँमा प्रतिस्थापन गरी पूजापाठ सुरु गरिएको किम्बदन्ती छ।

पाल्पाली राजाले आफूले पूजाआजा गर्दै आएको माझकी देवीको मूर्ति छोरीलाई दाइजो दिएको र सो मूर्तिलाई पर्वत राज्यमा ल्याउने क्रममा यहाँ डोली बिसाएको इतिहासमा उल्लेख छ। पछि डोली उठाउन खोज्दा कसैले उठाउन नसकेपछि देवीको मूर्तिलाई यहीँ राखेर पूजापाठ सुरु गरिएको हो। तिनै माझकी देवीलाई अहिले कालिका भगवतीका रुपमा पूजिन्छ।

सुरुमा खरले छाएको झुप्रोमा मन्दिर रहेको र पछि विभिन्न समयमा पुनःनिर्माण हुँदै मन्दिरले अहिलेको स्वरुप लिएको हो। उक्त मन्दिरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिन्छ। ‘देशका विभिन्न भूभागदेखि भारतसम्मका धार्मिक पर्यटक कालिका मन्दिर दर्शनका लागि आउने गर्छन’, अध्यक्ष खड्काले भने, ‘कालिका भगवती मन्दिर नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठका रुपमा चिनिन्छ।’ नवरात्रको अष्टमी र नवमीको दिन विशेष प्रकारले बलि दिएर पूजा गर्ने गरिएको छ। मन्दिरमा परेवा, कुखुरा, हाँस, बोका, सु्ङ्गुर र राँगोकोसमेत बली दिइन्छ।

नवदुर्गाका बेला विवाहको समेत शुभमूर्हत पर्ने भएकाले मन्दिरमा विवाह गर्न पनि उत्तिकै आउने गरेका छन्। विवाह, पूजाआजा, यज्ञ, भेटी, दान लगायतबाट मन्दिरको आम्दानी यस अवधिमा बढ्ने गरेको छ।

विशिष्ट पहिचान बोकेको कालिका मन्दिरको महिमागान अनेक तबरबाट भइरहेको छ। गायक शुभराम भारी र गायिका बिमाकुमारी दुराले २३ वर्षअघिको गीतमा देवी कालिकालाई समेटेका थिए।

‘आँटेको पुर्‍यायाइदेऊ रेशम बागलुङ कालिका…’

प्रकाशित: २०८१ असोज १९ गते शनिवार ०५:२३
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना