काठमाडौँ- काठमाडौं महानगर प्रहरी बलले गौशालाको धर्मशालामा महानगरकाे बोर्ड राखेको छ।
माडवाडीको प्रतिकारबीच महानगरप्रहरीले माडवाडी सेवा समितिले राखेको बोर्ड हटाएर आफ्नो बोर्ड राखेको छ।
सोही क्रममा माडवाडी सेवा समिति र काठमाडौं महानगर प्रहरीबीच धकेलाधकेल भएको थियो।
पशुपतिनाथको स्वामित्वमा रहेको गौशाला धर्मशाला खाली गराउन पुगेको महानगरको नगर प्रहरी र माडवाडी सेवा समितिबीच धकेलाधकेल भएको हो।
धर्मशाला खाली गराउन नमानेपछि नगरप्रहरीले जबरजस्ती धर्मशाला खाली गराउन खोज्दा माडवाडीले प्रतिवाद गरेका थिए।






गौशाला धर्मशालाबारे बढ्यो विवाद, महानगर र मारवाडी सेवा समिति आमनेसामने


