काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
जिल्ला प्रहरी कार्यालय, कास्कीबाट प्रहरीले लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएको हो।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति दिएको प्रहरी स्रोतको भनाइ छ।
अदालतको अनुमतिपछि काठमाडौँबाट लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरी तयारी छ।
कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो।
पोखराको सूर्यदर्शन सहकारी ठगीमा उनको संलग्नता देखिएको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन दिएको थियो।
सोही प्रतिवेदनका आधारमा अनुसन्धान गर्न प्रहरीले उनीविरुद्ध पक्राउ अनुमति मागेको थियो।
यसअघि सोही प्रकरणमा लामिछानेका पूर्वसाझेदार तथा पूर्वडीआईजी छविलाल जोशी पक्राउ परिसकेका छन्।
उनैको बयानका आधारमा लामिछानेलाई पक्राउ गर्न लागिएको हो।
रवि पक्राउ पर्ने हल्ला चलेपछि रास्वपाले डाक्यो कार्यकर्ताको आकस्मिक भेला
