राष्ट्रपति रामचन्द्र पौडेलको स्वकीय उपसचिवमा खिला कार्की नियुक्त भएका छन्।
राष्ट्रपति पौडेलको मिडिया हेर्ने गरी नेपाल प्रेस युनियनका पूर्वसचिव कार्की स्वकीय उपसचिवमा नियुक्त भएका हुन्। कार्कीलाई राष्ट्रपति पौडेलका स्वकीय उपसचिवको नियुक्तिपत्र दिएका छन्।
कार्की दुई दशकयता पत्रकारितामा छन्। कार्कीले राजधानी, देशान्तर, एभिन्यूज टेलिभिजन, न्यूज २४ टेलिभिजन, नेपाल समय डटकमलगायतका सञ्चार संस्थामा काम गरेको अनुभव छ।
यसैगरी, राष्ट्रपति निजी फोटोग्राफरमा अनिस रेग्मी नियुक्त भएका छन्।
