काठमाडौं– मेलम्ची खानेपानी आयोजनाले आयोजना मर्मतका लागि १ जेठदेखि केही समय मेलम्चीको पानी वितरण रोकिने जनाएको छ।
बाँधस्थल हेलम्बु–१ स्थित मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई साताका लागि उपत्यकामा पानी वितरण बन्द हुने आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए।
सामान्य बाढी आएका बेला आयोजना सञ्चालनमै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उनको भनाइ छ।


