काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आँगनमा राखिएको साँढे (चार्जिङ बुल)को प्रतिमा यतिबेला सामाजिक सञ्जालमा भाइरल छ।
सेयर बजारको बढ्दो प्रवृत्ति (बुलिस ट्रेन्ड) झल्काउने यस्तो प्रतिमा राख्ने चलन संसारभर रहेको भएपनि नेप्सेको चार्जिङ बुल भने भाइरल बनेको छ।
जुध्नका लागि तयारी अवस्थामा रहेको साँढेलाई बुलिस ट्रेन्डको प्रतीकका रूपमा लिइने भएपनि नेप्सेले आँगनमा भने बाच्छोको जस्तो प्रतीमा भएको भन्दै त्यसलाई ट्रोल बनाउने क्रम जारी छ।
संसारभरका चार्जिङ बुल आक्रमण गर्न तयार रहेको अवस्थाका जस्ता देखिन्छन्। नेप्सेले राेखेको बुलमा अनावश्यक लामा सिङ छन्। आँखाको प्रतिक्रिया अबोधजस्तो देखिन्छ। शरीर बाच्छोको जस्तो छ र आक्रमण गर्नका लागि तयार भएको जनाउन दिने खालको पनि छैन।
एक सामाजिक सञ्जालमा यो दूध चुस्नका लागि आमासँग जाने तयारी अवस्थामा रहेको बाच्छोको प्रतिमा भन्दै ट्रोल बनाइहरेको छ।









