पोखरा- सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपाका कार्यकर्ताले पोखरामा फेरि आन्दोलन सुरु गरेका छन्। तिहारमा केही मत्थर भएको प्रदर्शन तिहारलगत्तै फेरि प्रदर्शन सुरु गरेका हुन्।
रवि अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण तवरले फसाउन खोजिएको दाबी आज पोखरामा प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। वाइचोकबाट उनीहरू निषेधित क्षेत्र तोकिएको सहिदचोक जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो।
प्रदर्शनमा सहभागीहरूले लामिछानेको रिहाइको माग गर्दै प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारसँग माग गरेका छन्।
लामिछानेलेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि मंगलबार नै कास्की जिल्ला अदालतमा पेस गरिएको छ।
प्रहरीले भिड नियन्त्रण लिने क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि ८ जना पक्राउ परेको प्रहरीको भनाइ छ।


