काठमाडौँ- हवाई भाडा सस्तो बनाउन माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ।
गोरखा-१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँको अगुवाइमा आइतबार प्रदर्शन भएको हो।
वैदेशिक रोजगारीमा निर्भर नेपालीमाथि महँगो हवाइ भाडाले सास्ती थपेको भन्दै भाडा घटाउन माग गरिएको छ।
बजगाईँले प्रतिनिधि सभा पनि उड्डयन क्षेत्रका बेथितिबारे आवाज उठाउँदै आएका छन्।


