काठमाडौँ- कोशी प्रदेशसभा सदस्यमा एमालेबाट निर्वाचित लिलाबल्लभ अधिकारीमाथि अनुसन्धान गर्न प्रहरीले २ दिनको म्याद पाएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले अधिकारीमाथि अनुसन्धान गर्न २ दिनको म्याद दिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका अुनसार अधिकारीमाथि मानव बेचबिखनसम्बन्धी कसुरमा अनुसन्धान हुनेछ।
जापानमा आफूसँगै असम्बन्धित मान्छेलाई लगेर मानव तस्करी गरेको अभियोग उनीमाथि छ। उनीसहितका केही व्यक्तिलाई जापानको अध्यागमनले फिर्ता पठाइदिएसँगै यो विषय बाहिरिएको थियो।
यही प्रकरणमा पक्राउ परेका ६ जनाको बयानको आधारमा उनलाई पनि प्रहरीले आइतबार विराटनगरबाट पक्राउ गरेर काठमाडौँ ल्याएको हो।


