काठमाडौँ- नेपाली कांग्रेसको उमेश श्रेष्ठले केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा मनोनित गरेका छन्।
कांग्रेस सभापित शेरबहादुर देउवाले आइतबार श्रेष्ठलाई आइतबार कोषाध्यक्ष मनोनीत गरेको कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन्।
उनी पूर्व स्वास्थ्य राज्यमन्त्री पनि हुन्। कांग्रेस विधानमा सभापतिले कोषाध्यक्ष मनोनयन गर्ने व्यवस्था छ।
ललितपुरस्थित लिटिल एन्जल्स स्कुलका सञ्चालकसमेत रहेका श्रेष्ठलाई गत प्रतिनिधि सभा चुनावमा चितवन-२ बाट कांग्रेसबाट उम्मेदवार थिए।
महाधिवेशन भएको तीन वर्षपछि सभापति देउवाले श्रेष्ठलाई कोषाध्यक्ष बनाएका हुन्। चार-चार वर्षमा महाधिवेशन गर्नुपर्ने कांग्रेसको विधानमा उल्लेख छ। विधान अनुसार भए अर्को साल कांग्रेसले १५औं महाधिवेशन गर्नुपर्छ।
श्रेष्ठ र भाटभटेनीका मीनबहादुर गुरुङ व्यापारिक साझेदार हुन्। गुरुङ र श्रेष्ठले दरवारमार्गको होटल अन्नपूर्ण किनेर रिनोभेट गरी ‘अन्नपूर्ण स्क्वायर’ सञ्चालन गर्ने तयारी गरेका छन्। ‘अन्नपूर्ण स्क्वायर’को २५ तलामा ठडिँदै छ।
मंसिर ३ गते सोमबार भूमिपूजा सम्पन्न भएको छ। होटल निर्माणमा ६ अर्ब लगानी हुने बताइएको छ।
गुरुङले एमालेलाई कार्यालय बनाएर दिने घोषणा गरेका छन्। असोज २४ गते कार्यालय भवनको शिलान्यासमेत भइसकेको छ।



