काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन्।
मन्त्रिपरिषदको सिफारिस र संसदीय समितिको अनुमोदनका आधारमा राष्ट्रपति पौडेलले यादवलाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन्।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई अष्ट्रेलियाको राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
यादव २०६३ मा पुनर्स्थापित प्रतिनिधि सभाको उपसभामुख, पूर्वशिक्षामन्त्री, कांग्रेस पूर्वकोषाध्यक्ष र केन्द्रीय सदस्य पनि हुन्।



