काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीनका लागि प्रस्थान गरेकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारीका लागि मन्त्री राणा चीन लागेकी हुन्।
मन्त्री राणाले शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा द्वीपक्षीय भेटवार्ता गर्ने तय भएको छ।
भेटवार्तामा प्रधानमन्त्री ओलीको भ्रमणका एजेण्डा, दुई देशको आपसी हितलगायतका विषयमा छलफल हुनेछ।
शनिबार राणा काठमाडौँ फर्किने तालिका छ। फेरि प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी भएर राणा बेइजिङ जानेछिन्।
प्रधानमन्त्री ओली मंसिर १७ गते सोमबार चीनको औपचारिक भ्रमणमा जाँदै छन्।
यो भ्रमणका क्रममा बीआरआई परियोजना कार्यान्वयनका विषयमा सम्झौता गर्ने सरकारको तयारी छ।
