काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन प्रहरी हिरासतमा नै राख्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौँले अनुसन्धानका लागि ५ दिन म्याद थप्न अनुमति दिएको हो।
‘फेक डकुमेन्ट’का आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएको आरोपमा उनी पक्राउ परेका हुन्।
प्रसाईं मंसिर ४ गते भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए। ओलीले कम्बोडियाको टेलिकममा ३२ अर्ब लगानी गरेको दाबी गर्दै डकुमेन्टसहितको एक भिडियो सार्वजनिक गरेका थिए।
