काठमाडौँ- डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को वडाध्यक्ष पदका लागि आइतबार भएको मतदानमा ८५ प्रतिशत मत खसेको छ।
कुल ३५३ जना मतदाता रहेको वडामा ३०३ मत खसेको डोल्पाका सहायक निर्वाचन अधिकृत हरिगोपाल ज्ञवालीले जानकारी दिए।
१५८ महिला र १४५ पुरुषले मतदान गरेका छन्। वडाध्यक्षमा ४ जना प्रत्यासी छन्।
एमालेबाट नरबहादुर रोका, माओवादीबाट नरबहादुर झाँक्री र कांग्रेसबाट राजेन्द्र प्रसाद न्यौपाने वडाध्यक्षको दौडमा छन्।
समाजवादीले माओवादीलाई समर्थन गर्ने सार्वजनिक गरेकाले एमाले, माओवादी र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा रहेको बताइएको छ।


