काठमाडौँ- ओखलढुंगाको मुलुङ गाउँपालिका–५ को वडाध्यक्ष पदमा भएको निर्वाचनको मतगणनामा कांग्रेस र रास्वपाबीच प्रतिस्पर्धा देखिएको छ। यद्यपि यो दोस्रो स्थानका लागि मात्र हो।
पहिलो स्थानमा नेकपा एमालेको फराकिलो अग्रता छ। मतगणना सुरुवाती अवस्थामा छ।
२ सय मतगणना हुँदा एमालेका उम्मेदवार गंगाबहादुर तामाङले १०७ मत प्राप्त गरेका छन्। यो गणना भएकोमध्ये ५० प्रतिशतभन्दा बढी हो।
कांग्रेसका उम्मेदवार घनश्याम दाहालले ४६ मत प्राप्त गरी तामाङलाई पछ्याइरहेका छन्। रास्वपा उम्मेदवार विष्णुप्रसाद पोखरेलले ३६ मत ल्याएर कांग्रेसको प्रतिस्पर्धी बनेका छन्।
माओवादी केन्द्रका उम्मेदवार मानबहादुर सुनुवार ७ मतमा सीमित भएका छन्।
मतगणना जारी छ।


