काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सम्मानित भएका छन्। गणतन्त्र सेनानी कोषले उनलाई सो सम्मान गरेको हो।
गणतन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान गरेको भन्दै कोषले प्रचण्डलाई सम्मान गरेको हो।
कोषले यो वर्षदेखि गणतन्त्र स्थापनाका लागि योगदान गर्ने सेनानीहरुलाई गणतन्त्र सेनानी सम्मान प्रदान गर्न सुरु गरेको हो।
कोषले जनमुक्ति सेनाका डेपुटी कमान्डरहरु नन्दकिशोर पुन, वर्षमान पुन, जनार्दन शर्मा र चक्रपाणि खनाललाई गणतन्त्र सेनानी सम्मान प्रदान गरेको छ।
कोषले बागमतीका १३ जिल्लाबाट एक एक जना र सास्कृतिकर्मीलाई पनि सम्मान गरेको छ।
बागमतीबाट सुरु गरिएको गणतन्त्र सेनानी सम्मानलाई देशब्यापी बनाउदै लैजाने कोषका अध्यक्ष सरल सहयात्रीले जानकारी दिए।


