२०८३ साउन १३ गते बुधबार

चीन भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री ओलीले जारी गरेका १४ बुँदा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २०
WhatsApp Image 2024-12-05 at 15.23.15

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा विमानस्थल बनाउनका लागि चीनसँग लिएको ऋण मिनाहा गर्ने विषयमा चिनियाँ पक्षसँग कुनै पनि कुराकानी नभएको बताएका छन्।

चारदिने चीन भ्रमण पूरा गरी स्वदेश फर्केका ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।

ओली चीन जानुअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि चीनसँग लिएको ऋणलाई अनुदानमा परिणत गर्ने विषयमा कुराकानी गर्ने भनिएको थियो।

नेपालले जहिले पनि चीनसँग भ्रमणका बेला यो कुरा उठाउने गरेपनि चीनले भने ऋण दिएको कुरालाई अनुदानमा परिणत गर्ने विषयमा कुराकानी गर्न चाहेको छैन।

चीन भ्रमणका क्रममा बीआरआई सहकार्यको सम्झौताले ऋणसँग कुनै सरोकार नराख्ने पनि उनको भनाइ छ।

उनले चीन भ्रमणले सरकारको निर्धारित आयुमा पनि कुनै असर नपर्ने बताए। अबका १८ महिनामा आफूले सरकार हस्तान्तरण गर्ने पनि उनको भनाइ थियो।

‘अब करिब १८ महिनापछि मेरो पालो सकिन्छ। त्यसपछि शेरबहादुर देउवाजीलाई हस्तान्तरण गर्छु। उहाँले चुनाव गराउनुहुन्छ,’ उनले भने, ‘हामी सबै दलको विश्वासअुनसार बहुमत आए सरकार बन्छ। नभए पनि त्यसको पनि प्रक्रिया हुन्छ।’

आफ्नो चीन भ्रमणका विषयमा भारतीय मिडियाले भड्काउने प्रकृतिका कुराहरू आइरहेको विषयलाई लक्षित गर्दै उनले त्यो तरिका राम्रो नभएको भनाए।

चीनअघि नै भारत जानका लागि प्रधानमन्त्रीले सक्दो प्रयास गरेको तर असफल भएको छ नि भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘भारत भ्रमणका लागि धेरै प्रयास गरेको भन्ने कुरा आधारहीन हो।’

छिमेकी देश चीन भ्रमण गरेर नेपाल फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले १४ बुँदे प्रेस नोट जारी गरेका छन्।

प्रधानमन्त्री ओली सोमबार चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणमा चीन प्रस्थान गरेका थिए। स्वदेश फर्केसँगै प्रधानमन्त्री ओलीले १४ बुँदे प्रेस नोट जारी गर्दै चीन भ्रमणबारेमा जानकारी दिएका छन्।

१७ गते चीन प्रस्थान गरेका प्रधानमन्त्री ओलीले बेइजिङमा राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका थिए।

प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै चीनसँग ऋण सम्झौता नभएको बताएका थिए।

यस्तो छ प्रधानमन्त्रीको १४ बुँदे प्रेस नोट-
१. मित्र राष्ट्र जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री लि छियाङको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी मैले २०८१ मंसिर १७ देखि २० सम्म चीनको ४ दिने‍ औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएको छु।

२. मेरो यस भ्रमण र प्राप्त उपलब्धिहरूका सम्बन्धमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास, बेइजिङबाट जारी भएका प्रेस विज्ञप्ति एवम् भ्रमण टोलीमा रहनुभएका सञ्चारकर्मी मित्रहरूबाट सम्प्रेषण भएका समाचारहरूबाट यहाँहरूले जानकारी प्राप्त गर्नुभएकै छ।

३. यस भ्रमणका क्रममा मैले चीनका महामहिम राष्ट्रपति सी चिनफिङसँग भेट गरी दुई पक्षीय हितका विविध विषयहरूमा छलफल गरेँ। मैले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डल र चीनका प्रधानमन्त्री महामहिम लि छियाङले नेतृत्व गर्नुभएको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता सम्पन्न भयो। उक्त वार्ताका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयामहरूमा घनीभूत र हार्दिकतापूर्ण छलफल भयो। त्यसैगरी, चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष चाओ लुचीसँग पनि मेरो भेटघाट तथा छलफल भयो।

४. बुद्धिजीवी, प्राध्यापक, विद्यार्थी तथा प्रबुद्ध वर्गहरूको उपस्थितिमा बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा आयोजना गरिएको एक प्राज्ञिक कार्यक्रममा मैले प्रमुख वक्ताका रूपमा सम्बोधन गरेँ। (उक्त सम्बोधन परराष्ट्र मन्त्रालयको वेबसाइटमा राखिएको छ।)

५. नेपाली राजदूतावास, बेइजिङ, चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद् र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रूपमा आयोजना गरेको नेपाल-चीन बिजनेस फोरमलाई पनि मैले सम्बोधन गरेँ। उक्त अवसरमा नेपालको पर्यटकीय आकर्षण र लगानीको सम्भावनाको चर्चा गर्दै चिनियाँ जनतालाई नेपाल भ्रमण गर्न र नेपालमा लगानी गर्न आह्वान गरेको छु।

६. बेइजिङस्थित नेपाली राजदूतावासले म र मेरो प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गरेको रात्रिभोजमा सहभागी भएँ। सो अवसरमा चीनमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू र चिनियाँ मित्रहरूसँग मेरो संवाद भयो।

७. भ्रमणका अवसरमा नेपाल र चीनबीच निम्नानुसार सम्झौता/समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

  • बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्क
  • टोखा-छहरे सुरूङमार्ग सम्बन्धी पत्र आदान-प्रदान
  • नेपाल-चीन व्यापार अभिवृद्धि सम्बन्धि समझदारी पत्र
  • नौतले बसन्तपुर दरबार पुनःर्निर्माण सम्पन्न प्रमाणपत्रको आदान-प्रदान
  • थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यातसम्बन्धी प्रोटोकल
  • विकास योजनासम्बन्धि समझदारी पत्र
  • आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी पत्र
  • नगद सहयोगसम्बन्धी पत्र आदान-प्रदान
  • स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धि समझदारी पत्र
  • नेपाल टेलिभिजन र चिनियाँ सञ्चार समूहबीच सञ्‍चार प्रविधिसम्बन्धी समझदारी पत्र

यी सम्झौता/समझदारी पत्रले नेपाल र चीनबीचको आर्थिक सहयोग र विकास साझेदारीलाई थप गति प्रदान गर्ने विश्वास लिएको छु।

८. चीन सरकारका तर्फबाट वि.सं. २०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग अमेरिकी डलर २० मिलियन (करिब २ अर्ब ७० करोड रुपैयाँ) का अतिरिक्त राष्ट्रपति सि चिनफिङद्वारा थप अनुदान चिनियाँ यूआन ५०० मिलियन (करिब ९ अर्ब ३४ करोड रुपैयाँ) घोषणा भएको छ।

९. भ्रमणका क्रममा भएका सहमतिलाई समेटी नेपाल र चीनबीच संयुक्त विज्ञप्ति जारी गरिएको छ। उक्त विज्ञप्तिमा दुई देशबीच विगतमा भएका सहमति, समझदारी तथा निर्णयहरूको कार्यान्वयनको समिक्षा गर्नुका साथै नेपाल-चीन सम्बन्धलाई थप उचाइमा लैजाने भावी कार्यदिशा समावेश गरिएको छ। (उक्त संयुक्त विज्ञप्ति परराष्ट्र मन्त्रालयको वेबसाइटमा राखिएको छ।)

१०. यस पटक हामीले द्विपक्षीय सहयोगका लागि सम्पर्क सञ्जाल, पूर्वाधार निर्माण, कृषि, ऊर्जा, वाणिज्यलगायत क्षेत्रका केही महत्त्वपूर्ण विकास परियोजनाहरू अघि सारेका छौँ। यसमा आपसी सहयोग तथा सहकार्य अभिवृद्धि हुँदै जाने अपेक्षा लिएको छु।

११. मेरो भ्रमण दलमा माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, मेरा मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, संघीय संसदका माननीय सदस्यहरू, नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र सञ्चारकर्मी मित्रहरू सहभागी हुनुभएको थियो।

१२. यस भ्रमणका क्रममा जनवादी गणतन्त्र चीन सरकारका तर्फबाट म तथा मेरो प्रतिनिधिमण्डललाई प्रदान गरिएको न्यानो आतिथ्यका लागि चीनका महामहिम राष्ट्रपति, महामहिम प्रधानमन्त्री तथा उच्च नेतृत्व र चिनियाँ जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु।

१३. यस भ्रमणका विषयमा तपाईंहरूले निरन्तर समाचार सम्प्रेषण गरेर आमजनतालाई सुसूचित गर्न पुर्याउनुभएको योगदानका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु।

१४. मेरो भ्रमणलाई सफल र सार्थक बनाउन योगदान पुर्याउने सबैमा हार्दिक आभार व्यक्त गर्दछु।

प्रकाशित: २०८१ मङ्सिर २० गते बिहिबार ०८:१४
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना