काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले रास्वपा सभापति रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगेकोप्रति आपत्ति जनाएका छन्।
भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राति १२ बजे उठाएर लैजानु अमानवीय व्यवहार भएको बताए।
‘नेपाली कांग्रेस मानव अधिकार र लोकतन्त्रप्रति प्रतिबद्ध छ। रविजीको विषयमा अदालतले आफ्नो प्रक्रिया अघि बढाइरहेको छ। त्यसमा मेरो केही भन्नु छैन,’ उनले थपे, ‘तर राति १२ बजे उठाएर लैजाने भन्ने कुरा चाहिँ अमानवीय काम हो। यो रविजीको मात्रै कुरा होइन, कसैलाई पनि गर्न हुँदैन। यो त हाम्रो लोकतान्त्रिक देश हो। त्यो विल्कुल गलत हो।’


