काठमाडौँ– कीर्तिपुर नगरपालिकामा मंगलबार सार्वजनिक बिदा दिइएको छ।
मंगलबार कीर्तिपुरमा सातगाउँले (न्हेगाँ) जात्रा लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको हो।
नगरपालिकाको आइतबार बसेको २३ गतेको बैठकले मंगलबार नगरपालिकामा बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए ।
