काठमाडौँ– काठमाडौँ महानगरपालिकाका पहिलो मेयर पीएल (प्रेमलाल) सिंहको निधन भएको छ।
पूर्वजनसंख्यामन्त्री समेत रहेका सिंहको सोमबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
२०४९ सालको स्थानीय तह निर्वाचनमा उनी कांग्रेसबाट तत्कालीन काठमाडौँ नगरपालिकाको मेयर बनेका थिए।
लामो समयदेखि अस्वस्थ रहेका ८५ वर्षीय सिंहको गत वर्ष अल्सरको शल्यक्रिया गरिएको थियो।
नेपाली कांग्रेसबाट काठमाडौँ महानगरमा निर्वाचित हुने उनी एक मात्र मेयर हुन्।
कांग्रेसले उनीपछि काठमाडौँको मेयर पदमा जित्न सकेको छैन।
पीएल उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहका दाजु हुन्।
पछिल्लो समय उनले नेपाली कांग्रेस पार्टी परित्याग गरेको घोषणा गरेका थिए।
काठमाडौँ नगरपालिकालाई संवत् २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा गरेको भन्दै काठमाडौँ महानगरपालिकाले उनको निधनमा शोक व्यक्त गर्दै आज (२०८१ पुस १ गते ) बिदा दिने निर्णय गरेको छ।



