कास्की- कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगीसम्बन्धी अनुसन्धान जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ।
६ सय पेज लामो रायसहितको उक्त अनुसन्धान प्रतिवेदनमा प्रहरीले रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउन राय दिएको छ।
अहिले पक्राउ परेका ५ जना यसअघि पक्राउ परेका ९ जना र अन्यलाई फरार प्रतिवादी बनाउन प्रहरीले राय दिएको छ।
प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोजन गर्न राय दिएको हो।
विभिन्न सहकारीको रकम हिनामिना गरेको कसुरमा लामिछानेलाई प्रहरीले कात्तिक २ गते पक्राउ गरेको थियो।
