काठमाडौँ- नेपाली बजारमा सुनको भाउ तोलामै १ हजार ७ सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज बिहीबार १ हजार ७ सयले घटेर तोलाको १ लाख ४९ हजार रुपैयाँमा किनबेच भइरहेको छ।
बुधबार तोलामा १ लाख ५० हजारले कारोबार भएको थियो।
त्यसैगरी चाँदीको भाउ पनि घटेको छ। महासंघका अनुसार आज बिहीबार चाँदी ५५ ले घटेर तोलाको १ हजार ७ सय ८० मा झरेको छ।
बुधबार तोलाको १ हजार ८ सय ३५ रुपैयाँ थियो।


