२०८३ कार्तिक २३ गते आईतबार

एडीबीको अनुदानलाई सरकारको उपेक्षा, ५ वर्ष ‘अलपत्र’ पारेपछि मात्रै ईभीको परीक्षण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ४
ev_ev

लुम्बिनी- लुम्बिनी विकास कोषलाई दातृ निकायले अनुदान सहयोगस्वरूप उपलब्ध गराएका विद्युतीय सवारीसाधनको आजदेखि परीक्षणका रूपमा सञ्चालन गरिएको छ।

यसअघि कानुनी समस्याका कारण सञ्चालनमा आउन नसकेका सवारीसाधनमध्ये दुई वटा बस आजदेखि सञ्चालनमा ल्याइएको हो।

एसियाली विकास बैंक (एडिबी)को अनुदान सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने उद्देश्यले अनुदान सहयोगमा प्राप्त विद्युतीय सवारीमध्ये दुई वटा बस परीक्षणका लागि सञ्चालन सुरु गरिएको लुम्बिनी विकास कोषले जनाएको छ।

अुनदान सहयोगमा पाँच बस र १४ वटा विद्युतीय भ्यान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोषलाई विसं २०७७ मङ्सिर ९ गते हस्तान्तरण गरेको थियो।

कार्यविधि नभएको भन्दै संघीय सरकारबाट नै स्वीकृति नभएपछि त्यसै थन्किएका थिए। अत्याधुनिक बस वर्षौँदेखि खुला आकाशमा अलपत्र छाडेको भन्दै आलोचना हुँदै आएको थियो।

यसअघि पर्यटक सेवाका लागि हरियो नम्बरप्लेट बनाउने कानुनी प्रावधान रहेकामा मन्त्रालयले सेतो नम्बरप्लेटमा बस र भ्यान हस्तान्तरण गरेपछि सञ्चालनमा समस्या भएको थियो।

दाताले दिएका सवारीसाधनलाई विकास कोषले आजदेखि परीक्षणका रूपमा दानपेटिका राखेर सञ्चालन गरिएको जनाएको छ।

प्रतिनिधिसभाका सांसद वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा, प्रदेशका सांसद सिके गुप्ता, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले विद्युतीय बस परीक्षण शुभारम्भ गरे।

बुटवलबाट भैरहवा विमानस्थल हुँदै बुद्धजन्मस्थल लुम्बिनीसम्म र बेलहियाबाट विमानस्थल हुँदै लुम्बिनीको रूटमा बस सञ्चालन हुने जनाइएको छ। बस चढ्ने यात्रुले स्वेच्छिक रूपमा दानपेटिकामा रकम दिन सक्नेछन्।

बस सेवाको परीक्षण सञ्चालन शुभारम्भमा सांसद घिमिरेले कानुनी अभावका कारण सञ्चालनमा नआएको विद्युतीय बस आगामी दिनमा निरन्तर सञ्चालन हुने बताए। उनले तत्काललाई दानपेटिकमार्फत सञ्चालनमा आएको सेवा आगामी दिनमा निश्चित खाका बनाएर सेवा प्रवाह गर्ने बताउँदै यसले पर्यटक तथा यात्री लाभान्वित हुने विश्वास व्यक्त गरे।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा लामाले यसअघि कानुनी द्विविधाका कारण नियमित बस सञ्चालन गर्न नसकेको बताउँदै अब पनि कानुन देखाएर रोक्ने काम नगर्न प्रशासनलाई आग्रह गरे।

कोषका सदस्य–सचिव सानुराजा शाक्यले सेतो नम्बरप्लेटलाई हरियो नम्बरप्लेटमा रुपान्तरण गर्न नसक्दा सञ्चालनमा समस्या आएको बताउँदै आगामी दिनमा दीर्घकालीन रूपमा सञ्चालन गर्न सबैको सहयोग आवश्यकपर्ने उल्लेख गरेका थिए।

सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी होटल व्यवसायी सङ्घ, नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले पर्यटक सेवाका लागि ल्याइएको बस सञ्चालन हुँदा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

यसअघि ती सवारीसाधन सञ्चालनका लागि लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुुण्डीराज भट्टराईको संयोजकत्व तीन सदस्यीय कार्यदल बनाएर कार्यविधि तयार गरिएको थियो।

सरकारी नम्बरप्लेटलाई हरियो बनाउने कानुन नभएपछि प्रदेश सरकारले गत जेठ ६ गते बसेको मन्त्रिपरिषद् निर्णयलले नम्बर परिवर्तन गर्न बाटो खुल्ला गरिदिएको थियो। उक्त व्यवस्था समयमा कार्यान्वयन नहुँदा बस सञ्चालन गर्न नसकिएको कोषाध्यक्ष भट्टराईले बताए।

यसअघि कोषले विसं २०७९ असोज १३ देखि कात्तिक १३ गतेसम्म ‘धम्म यात्रा’ नाम दिएर बृहत्तर लुम्बिनी क्षेत्रमा निःशुल्क रूपमा यान्त्रिक परीक्षणका लागि विद्युतीय बस सञ्चालन गरेको थियो।

उक्त समयमा बौद्ध परिपथका क्षेत्रबाट २० हजार दुई सय ३६ यात्रीले निःशुल्क बसको सेवा लिएका कोषले जनाएको छ।

प्रकाशित: २०८१ पुस ४ गते बिहिबार ०५:०५
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना