काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले गोर्खा मिडियामा सहकारीबाट रकम आएको कुरा आफूलाई थाहै नदिइएको दाबी गरेका छन्। कास्की प्रहरी र सरकारी वकिलको कार्यालयमा बयान दिँदै रविले यस्तो जिकिर गरेका हुन्।
रविलगायतविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दर्ता भएको छ। उक्त मुद्दा दर्ताका लागि बनाइएको प्रतिवेदन र अभियोगपत्रमामा लामिछाने आफूमाथि लागेका आरोपहरूका विषयमा इन्कारी बयान दिएका हुन्।
गोर्खा मिडियाका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईले सहकारी संस्थाबाट पैसा ल्याएकाे जानकारी आफू पदमा रहुन्जेलसम्म पनि कुनै संकेत नदिएको रविको जिकिर छ।
‘म सम्बद्ध गोर्खा मिडियाले मेरो जानकारी, सहमति, उपस्थिति वा योजनामा कुनै पनि सहकारी संस्थाबाट पैसा लिने लिखित वा मौखिक कुनै प्रकारको सहमति, सम्झौता, करार गरेको थिएन,’ प्रहरी र सरकारी वकिलसँगको बयानमा रविले भनेका छन्, ‘उनीहरूले गरेको लगानीको स्रोत सहकारी संस्थाबाट आएको भन्ने कुरा स्थापित हुने कुनै आधिकारिक दस्तावेज गोर्खा मिडियामा प्राप्त छैन र थिएन।’
यस्तो छ लामिछानेले दिएको बयान









