२०८३ साउन १३ गते बुधबार

नेपाल-कोरिया सम्बन्ध विस्तारका ७ आयाम

 |  डा शिवमाया तुम्बाहाङ्फे
Sanket

डा शिवमाया तुम्बाहाङ्फे

काठमाडौँ, पुस १०
shivmaya_tumbahangfe

नेपाल कोरियाबीचको सम्बन्ध ऐतिहासिक रहेको छ। सन् ३७२ मा कोरियामा बौद्ध धर्म प्रवेशसँगै लुम्बिनीसँग भावनात्मक र धार्मिक सम्बन्ध विकास भएको मानिन्छ। सन् ७१९ मा कोरियाली गुरु हेछो लुम्बिनी पुगेको अभिलेख छ।

यद्यपि दुई मुलुकबीच कूटनीतिक सम्बन्ध भने १५ मे १९७४ मा भएको थियो। त्यसै वर्ष गणतन्त्र कोरियाले काठमाडौँमा आफ्नो दूतावास खोलेको थियो भने नेपालले सन् २००७ मा मात्रै सियोलमा दूतावास स्थापना गर्‍यो। कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सद्भाव, मित्रता र पारस्परिक सहयोगमा आधारित छ। नेपाल र कोरियाबीच ३० मार्च २००५ मा भएको सांस्कृतिक सम्झौताले दुई देशबीचको संस्कृति, कला, शिक्षा, युवा, खेलकुद र पर्यटनका क्षेत्रमा सहयोगको प्रवर्द्धन र विकास गर्ने उद्देश्य राखेको छ।

सन् २०२४ दुई मुलुकबीचको सम्बन्धको एक ऐतिहासिक स्वर्ण उत्सव मनाइरहेका छौँ। केही वर्षयता कोरिया नेपाली कामदारहरूको मुख्य गन्तव्य मुलुक बनेको छ। यस वर्षको जुलाईको अन्त्यसम्म कोरियामा नेपालीको संख्या ६९ हजार ४३८ रहेको छ, जसमध्ये कामदारको संख्या ५३ हजार ४८४ (इ ७) भिसा अर्थात् दक्ष कामदार छ हजार ५५४ र रोजगार अनुमति प्रणाली (एपिएस)अन्तर्गत कामदारहरू अर्थात् (इ ९) भिसामा ४६ हजार ९३० रहेका छन्। यस्तै उनी अध्ययनका लागि गएका विद्यार्थीको संख्या छ हजार ३३४ रहेको छ।

नेपाल र कोरियाबीच परामर्श संयन्त्र स्थापना गर्न २००१ अक्टोबरमा विदेश मन्त्रालयहरूबीच सम्झौता भएको थियो। संयन्त्रले दुवै पक्षलाई द्विपक्षीय सम्बन्धका विभिन्न आयामहरूमा छलफल गर्न र आगामी दिनमा द्विपक्षीय सहयोगलाई अझ प्रवर्द्धन गर्न योगदान दिएका छन्। समयसमयमा संयन्त्रका बैठक बस्ने गरेको छ। दुवै देशमा उच्चस्तरीय भ्रमणहरू भइएका छन्। नेपालमा पनि कोरियाबाट उच्चस्तरीय भ्रमण भएका छन्। कोरिया गणतन्त्रबाट पनि सन् २००९ मा परराष्ट्र मन्त्री यु म्युंग-ह्वानसहित विभिन्न समयमा उप–परराष्ट्र मन्त्रीहरू, संसदको माथिल्लो सदनका सभामुखलगायतको भ्रमण भएको छ।

नेपालको आर्थिक समृद्धिमा कोरियाली सहयोग
नेपालको आर्थिक समृद्धिमा कोरिया सरकारले महत्त्वपूर्ण सहयोग गर्दै आएको छ। कोरिया नेपालका शीर्ष पाँच लगानीकर्ताहरूमा पर्दछ। कोरियाली लगानीकर्ताहरूले नेपालमा मुख्यतः जलविद्युत्, निर्माण र सेवा क्षेत्रमा लगानी गरेका छन्। नेपालमा कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ र हुन्डाईले उत्पादन शुरु गरेका छन्। नेपाल र कोरियाबीचको राजनीतिक, आर्थिक र सांस्कृतिक सम्बन्धहरू छन्। दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको सुरुआती चरणदेखि नै अर्थतन्त्र, पूर्वाधार विकास र रोजगारीलगायतका क्षेत्रमा पारस्परिक सहयोग आदानप्रदान हुँदै आएको छ।

नेपाल र कोरियाबीच २३ जुलाई २००७ मा एपिएस सम्झौतामा हस्ताक्षर गरिएको थियो, जसले नेपाली कामदारहरूलाई कोरियामा काम गर्ने प्रणालीको व्यवस्था गरेको छ। दुई देशबीच अनुदान सहायतासम्बन्धी फ्रेम वर्क सम्झौता, नेपाल-कोरिया आर्थिक/प्राविधिक सहयोगजस्ता द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। त्यस्तै कोरिया गणतन्त्रले सन् १९७६ देखि नेपाललाई आफ्नो विकास सहयोग प्रदान गर्दै आएको छ। कोरियाले अनुदान सहायता र प्राविधिक सहयोग गर्दै आएको छ। कोरियाले मध्यम स्तरका प्राविधिक जनशक्तिलाई स्वयंसेवकको रूपमा नेपालमा खटाउने गरेको छ।

नेपालले कोरियाबाट विभिन्न लाभ लिन सक्ने स्थिति छ। तर, हाम्रा नीतिगत र योजना कार्यान्वयनमा भएका समस्याका कारण सोचे जति लाभ लिन नसकिरहेको अवस्था विद्यमान छ। खासगरी उच्चस्तरीय भ्रमण हुन नसक्नु, कोरियालीहरूले नेपालमा लगानीको इच्छा राखे पनि लगानी भित्र्याउन नीतिगत र लगानीको वातावरण दिन नसक्नु तथा नेपालले सहकार्य गर्न खोजेको क्षेत्रको बारेमा रणनीतिक योजना र स्पष्ट दृष्टिकोण दिन नसक्दा पनि सोचेजस्तो लगानी भित्र्याउन सकिएको छैन।

अगामी मार्गचित्र
दुई सार्वभौम मुलुकबीच संवाद र सहयोगलाई सहज बनाउन राजदूतले कूटनीतिक सहजकर्ताको रूपमा काम गर्नुपर्दछ। राजदूत विदेशी राष्ट्रहरूमा कूटनीतिक प्रतिनिधि हुन्, उनीहरूको काम दुई देशबीच सकारात्मक सम्बन्ध कायम राख्न मद्दत गर्ने हो। नेपाल सरकारले मलाई गणतन्त्र कोरियाको राजदूतको जिम्मेवारी दिँदै गर्दा दुई देशबीचको कूटनीतिक सम्बन्धलाई अझै व्यवस्थित र उचाइमा पुर्‍याउन मेरा केही प्राथमिकताहरू रहेका छन्।

क. उच्चस्तरीय भ्रमणमा जोड: नेपाल र कोरियाबीच कूटनैतिक सम्बन्ध स्थापना भएको स्वर्ण वर्षको अवसर पारेर दुई मुलुकबीचको सम्बन्धलाई थप दरिलो बनाउन र कोरियाबाट विकासका लागि ज्ञान, प्रविधि र लगानीवर्षको अवसर पारेर दुई मुलुकबीचको सम्बन्धलाई थप दरिलो बनाउन र कोरियाबाट विकासका लागि ज्ञान, प्रविधि र लगानी भित्र्याउनका लागि उच्चस्तरीय भ्रमण गराउन सकिन्छ। दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन उच्चस्तरको भ्रमणको आदानप्रदान अपरिहार्य हुन्छ। साथै, कोरियाली लगानीकर्तासँग नियमित भेटघाट, सम्पर्क र उनीहरूको नेपालमा लगानीप्रतिको विश्वास बढाउनका लागि नेपालबाट सरोकारवाला मन्त्री वा उच्चस्तरीय अधिकारीहरूको नियमित भ्रमण हुन आवश्यक देखिन्छ।

ख. नेपालमा लगानी तथा निर्यात वृद्धि: नेपाल र कोरियाबीचको बढ्दो व्यापार असन्तुलन कम गर्न द्विपक्षीय लगानीसम्बन्धी साझेदारीमा जोड दिनुपर्ने अवस्था छ। कोरियाबाट नेपालतर्फ हुने आयातको तुलनामा नेपालको निर्यात निकै कम रहेकाले व्यापार सन्तुलन कायम गर्न नेपालमा कोरियाली लगानी आवश्यक छ। ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधिजस्ता क्षेत्रमा लगानी साझेदारी बढाउन सकिन्छ। नेपाली अर्थतन्त्रको मेरुदण्ड पनि ऊर्जा, कृषि, पर्यटन नै प्रमुख हो।

नेपाल उद्योग वाणिज्य महासंघका अनुसार ३ सय ५० भन्दा बढी कोरियालीले नेपालमा उद्यम गरिरहेकाले नेपालमा लगानीको वातावरण बनाउन सम्भव देखिएको छ। कृषिको यान्त्रीकरणका लागि पहल गरिनेछ। कृषि उत्पादनका लागि आवश्यक कारखाना, मल उत्पादन एवं सूचना प्रविधिमा लगानीका लागि अधिकतम पहल गर्नेछु। नेपालमा लगानी गर्न इच्छुक मझौला उद्योगहरूलाई सहजीकरण गर्ने तथा नेपालको निजी क्षेत्रसँग समन्वयको कार्य गर्नेछु। चक्रपथसहित सडक निर्माण, ठूला पूर्वाधार, लगायत सूचना प्रविधिको क्षेत्रमा, फोहोर व्यवस्थापन, अर्ग्यानिक मल उत्पादन कारखाना खोल्नेलगायतका विषयमा सहयोगको प्रस्ताव लैजाने योजना बनाएको छु।

नेपाल कोरियाको सहायता सूचीमा रहेकोले आर्थिक सहयोग विकास कोष (इडिसिएफ) मार्फत प्राप्त हुने रकम न्यून ब्याजमा लिने र यहाँको पूर्वाधार क्षेत्रमा लगानी गर्न मेरो पहल रहनेछ। कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को लगानीलाई अझै व्यापक र विस्तार गर्न सकिन्छ। नेपाली उत्पादनहरूको माग, प्रतिस्पर्धा र बजारको अवस्था अध्ययन गर्दै निर्यात गर्न सकिने उत्पादनहरूको पहिचान तथा नेपालका कृषिजन्य उत्पादन तथा हस्तकलाका सामग्रीको निर्यात सम्भावना बढी रहेकाले ती सामग्रीको प्रवर्द्धनका लागि आवश्यक पहलको खाँचो रहेको छ। दुई देशबीच भएका व्यापार सम्झौताको कार्यान्वयन, भन्सार प्रक्रियाको सहजीकरण, व्यावसायिक भ्रमणको आयोजना गर्नुपर्नेछ।

ग) पर्यटन प्रवर्द्धन: लुम्बिनीलाई विश्व शान्ति केन्द्र बनाउन सकिएमा यहाँ पाँच सय मिलियन बौद्ध मार्गीको आस्थाको केन्द्र बनाउने लक्ष्यसहित कम्तिमा ०.५ प्रतिशत बौद्ध मार्गीलाई नेपाल ल्याउन सकिन्छ। लुम्बिनीलाई विश्व शान्ति सहरको रूपमा विकास गर्न कोरियन प्रोफेसर डा. क्वाक योङ हुनले तयार पारेको गुरुयोजना कार्यान्वयनको खाँचो छ। अत्याधुनिक सहरको परिकल्पना गरिएको उक्त गुरुयोजनाले लुम्बिनीलाई शान्ति र आध्यात्मिकसँगै अत्याधुनिक सहरको रूपमा विकास गर्ने उल्लेख छ। दुवै देशमा बौद्ध धर्मका आदर्शहरूमा आधारित सांस्कृतिक मूल्यहरूको समानता छ।

नेपाल कोरियाली पर्यटकहरूको लागि सबैभन्दा रुचाइएको गन्तव्यमध्ये एक हो। सगरमाथा र लुम्बिनी–बुद्धको जन्मस्थल कोरियाली पर्यटकहरूको लागि मुख्य आकर्षण हुन्। हाल कोरियाबाट नेपाल भित्रिने पर्यटकको संख्या १० औँ स्थानमा रहेको छ। सन् २०२३ मा २३ हजार सात सय ४३ र कोरोना महामारीअघि ४७ हजारभन्दा बढी कोरियाली पर्यटकले नेपाल भ्रमण गरेका थिए। साहसिक पर्यटन र परोपकारी गतिविधि कोरियाली नागरिकहरूको ठूलो योगदान रहेको छ। झन्डै दुई करोड कोरियाली नागरिकले विदेश भ्रमण गर्ने गरेकामा नेपालमा ३० हजार मात्र आउने गरेका छन्। तथ्यांक अनुसार कोरियाली नागरिकले सन् २०२३ मा विदेशमा क्रेडिट कार्डबाट मात्रै १४.३२ बिलियन अमेरिकी डलर खर्च गरेका छन्। त्यो भनेको नेपालको वार्षिक बजेट बराबर हो। तर, नेपालमा त्यसको नगण्यमात्रै भित्रिएको अवस्था छ।

नेपालमा बढीभन्दा बढी दक्षिण कोरियाली पर्यटक भित्र्याउन काठमाडौँ-कोरिया सिधा उडान गर्न जरुरी छ। कोरियाली पर्यटकको आगमन दर बढाउन नेपाल वायुसेवा निगमको काठमाडौँ-कोरिया सिधा उडानबाट उल्लेखनीय कोरियाली पर्यटक नेपाल भित्र्याउन सकिनेछ। कोरियन एयरले सोल-काठमाडौँ हप्ताको तीनदेखि चार उडान गर्ने र भाडा समेत महँगो भएका कारण पर्यटक आवागमनमा कमी आएको छ। कोरियन एयरसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउन, कोरियन पर्यटकलाई नेपाल भित्र्याउन, नेपाली नागरिकका सस्तो मूल्यमा कोरिया उडान हुने वातावरण तयार गर्न नेपाल वायुसेवाको उडान अनिवार्य सर्त हो। उडान सञ्चालन भएमा कामदारको भाडा कम हुने, पर्यटकको संख्या बढ्ने तथा नेपाल वायुसेवा निगमको व्यापार बढ्नेछ।

घ. श्रम तथा रोजगार: दक्षिण कोरिया नेपाली श्रमिकको आकर्षक रोजगार गन्तव्य मुलुक हो। इमान्दार र मेहनती श्रमिकको मान्यता पाएका नेपाली श्रमिकको छवि कोरियामा राम्रो देखिएको छ। करार अवधि सकिएसँगै स्वदेश फर्कने, अवैधानिक बसोबास नगर्ने कारण पनि नेपाली कामदार कोरियाली रोजगारदाताको रोजाइमा छन्। यसका कारण इपिएसमा नेपाली श्रमिकको कोटा बर्सेनि वृद्धि हुँदै आएको छ। इपिएस प्रणालीमा नेपालले दर्साएको निष्पक्षतालाई अझै प्रचार गर्दै कामदारको कोटा वृद्धिका लागि आवश्यक पहल लिनेछु। मानसिक तनाव, कामको चाप, खानपिन, हावापानीलगायत कारण कोरियामा रहेका नेपाली डिप्रेसनको सिकार, मानसिक तनाव तथा आत्महत्याको घटना न्यूनीकरणका लागि तनाव व्यवस्थापनका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ।

ङ. शिक्षा: दक्षिण कोरियामा अध्ययन गर्न जाने विदेशी विद्यार्थीको संख्यामा वृद्धि भएसँगै त्यहाँको सरकारले भिसा नीतिमा कडाइ गरेको छ। नेपाली युवायुवतीलाई पनि विद्यार्थी भिसामा कामको लोभ देखाउँदै कोरिया लैजाने प्रवृत्तिविरुद्ध आवश्यक रणनीति निर्माण गर्नु पर्नेछ। नेपाली विद्यार्थीलाई आफ्नो सीप सिकेर स्वदेश फर्कन र नेपालमै उद्यम गर्ने वातावरण निर्माण गर्ने विशेष भूमिका निर्वाह गर्नेछु।

च. संसदीय आदानप्रदान: दक्षिण कोरियाली संसदमा नेपालसम्बन्धी संसदीय मैत्री समूह गठन गरिसकेको छ भने नेपालको संघीय संसदले पनि नेपाल कोरिया मैत्री समूह निर्माण गरेको छ। मैत्री समूहमार्फत संसदीय कूटनीतिका लागि आवश्यक पहल गर्नुपर्ने देखिन्छ।

नेपाललाई कोरियाली नीति निर्माता र बौद्धिक समूहसँग जोड्न आवश्यक छ। महत्त्वपूर्ण निकाय सरकारी कार्यालय, विश्वविद्यालय, बौद्धिक समूह, स्थानीय सरकार, संघसंस्थाहरूबीचको सहकार्यमा सहजीकरण गरेर बलियो समन्वय स्थापित गर्ने मेरो पहल रहनेछ। कोरियाले अनुसन्धान र विकासका क्षेत्रमा हासिल गरेको उपलब्धिबाट हामीले पनि धेरै कुरा सिक्न सकिन्छ।

छ. प्रविधि र नवप्रवर्तन: दक्षिण कोरिया विश्वभरि प्रविधिको क्षेत्रमा अत्यन्त उन्नत र प्रभावशाली देशको रूपमा चिनिन्छ। कोरियाका कम्पनीहरू सामसङ, एलजीदेखि अटो मोबाइलको उत्पादनमा पनि कोरिया अग्रपंतिमा छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका प्रविधिको विकास र प्रयोगमा कोरिया अग्रणी छ। रोबोटिक्स र अन्य आधुनिक प्रविधिमा व्यापक लगानी छ। प्रविधि नवप्रवर्तन र दीर्घकालीन प्रविधि विकासमा कोरियाली लगानी र भित्र्याउन सकिएमा नेपालको समृद्धिमा ठूलो योगदान पुग्नेछ।

अन्त्यमा, राजदूतले सिंगो राष्ट्रको प्रतिनिधित्व गर्ने भएकाले पदमा रहँदा नेपालको इज्जत, गरिमालाई वृद्धि गर्न इमान्दार भएर कर्तव्य निर्वाह गर्नु मेरो कर्तव्य हुनेछ। राजदूतको सफलता त्यस देशको सरकार, नागरिक समाज र प्रबुद्ध वर्गसँग गरिने अन्तर्क्रियामा समेत निर्भर रहने गर्दछ। दक्षिण कोरियामा नेपालप्रतिको चासो वृद्धि गर्न, अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्न भूमिका निर्वाह गर्ने मेरो प्रतिबद्धता रहेको छ।

(प्रस्तुत विचार दक्षिण कोरियाका लागि नवनियुक्त राजदूत डा. तुम्बाहाम्फेसँग गरिएको कुराकानीमा आधारित)

प्रकाशित: २०८१ पुस १० गते बुधबार ०१:१०
प्रतिक्रिया

थप समाचार

‘सिङ्गो देश डिप्रेसनमा छ’

डिप्रेसनले राज गरेको मुलुकमा समाज सधैँ एउटा नायकको खोजीमा हुँदो रहेछ, तर कसैलाई लामो समय विश्वास गर्न नसकेर नायक बदलिरहँदो रहेछ। को

गीत ‘मास्टर्नी’ को पोस्टरको समाजशास्त्रीय विश्लेषणः समाज निर्माणको आधारमा प्रहार

शिक्षक समाजको एउटा महत्वपूर्ण खम्बा हो। शिक्षकले ज्ञान, सीप, मूल्य र मान्यताहरू नयाँ पुस्तामा हस्तान्तरण गर्दै समाजलाई सही दिशामा डोऱ्याउने कार्य गर्छ। त्यसैले, शिक्षकलाई मनोरञ्जनको पात्र...

नेपो डच डिजिज र रेमिटान्स मेन समाज !

ल्हासातिर ऊन बेचेर सुन भित्र्याइने नेपालले आफ्ना स्रोत त्यति नै बेलादेखि नै नचिनेर होला, पहाडतिरका बलिया र सग्ला पाखुराहरू लाहुरे बन्ने तोडमोडमा कसैले थर फेरे, कसैले घर फेरे; जसरी हुन्छ लाहुरे...

‘व्यक्तिगत ग्यारेन्टी हट्नु सम्पत्तिमा आधारित अर्थतन्त्रबाट उत्पादनमा लैजाने कदम’

नेपालमा बैंक तथा वित्तीय संस्थाले व्यवसायिक कर्जा प्रवाह गर्दा व्यवसायीको व्यक्तिगत जमानी (पर्सनल ग्यारेन्टी) अनिवार्य रूपमा लिने प्रचलन लामो समयदेखि रहेको छ। अहिले यो व्यवस्था हटाउने विषयमा...

‘जलविद्युतमा लगानी पुनसंरचना गरेर सेयर प्राइस डिस्कभरी मेकानिज्ममा जानुपर्छ’

सुरुवाती दिनदेखि जोखिम मोल्ने प्रवर्द्धकको सेयर मूल्य र सबै जोखिम न्यूनीकरण भइसकेपछि आउने लगानीकर्ताको सेयर मूल्य बराबरी हुनु वैज्ञानिक देखिँदैन। त्यसैले, प्रवर्द्धकको मेहनत, विज्ञता र...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना