२०८३ साउन १३ गते बुधबार

पोखरामा सिचुवान उडानले प्राविधिक समस्या नरहेको प्रमाणित गर्‍यो : प्राधिकरण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ११
Sichuan-Airlines_d1SqB4XMHE
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका पत्रकार र व्यावसायी टोली लिएर काठमाडौँतर्फ उडेको चीनको सिचुवान एयरलाइन्सको जहाज।तस्बिरः राधिका कँडेल/रासस

काठमाडौँ-  नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा सिचुवान एयरलाइन्सको उडानले प्राविधिक रूपमा कुनै समस्या नरहेको प्रमाणित गरेको बताएको छ।

बिहीबार बिहानै चीनबाट १२९ यात्रु लिएर सिचुवानको जहाज पोखरा विमानस्थलमा अवतरण गरेपछि प्राधिकरणले यस्तो प्रतिक्रिया दिएको हो।

उक्त जहाजले पोखरा-काठमाडौँमा प्रमोसनल उडान पनि गरेको थियो।

पोखराबाट दिउँसो १२ बजे १२६ यात्रु बोकेर सोही जहाज काठमाडौँ आएको थियो।

नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक डीओ चन्द्रलाल कर्णले सिचुवान एयरलाइन्स पोखरामा अवतरण र टेकअफ सहज रूपमै गरेको बताए। योसँगै न्यारोबडी जहाजले नियमित उडान गर्न कुनै समस्या नरहेको उल्लेख गरेको छ।

‘पोखरा विमानस्थल निर्माण गर्दा न्यारोबडी जहाज उडान गर्न सक्ने गरी डिजाइन गरिएको थियो,’ उपमहानिर्देशक कर्णले भने, ‘सिचुवानको पूर्ण क्षमताको उडानले प्राविधिक रूपमा कुनै समस्या नरहेको प्रमाणित गरेको छ।’

नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक प्रदीप अधिकारीले डाँडा र धावनमार्गको कारण उडान गर्न नसकिने भन्ने हल्ला झुटो साबित गरेको बताए।

‘पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुनै सक्दैनन् भन्ने हल्लाको व्यापार अब बन्द भयो,’ महानिर्देशक अधिकारीले भने, ‘हाम्रो मेहेनतले नियमित उडान गर्न सक्छौँ। कसैले डाँडा र कसैले धावनमार्गको कारण अन्तर्राष्ट्रिय उडान हुन सकेनन् भन्ने हल्ला खण्डित भए।’

पोखरामा वार्षिक २ लाख अन्तर्राष्ट्रिय पर्यटक आएका छन् भने आगामी वर्ष ४ लाख पुर्‍याउन सके कम्पनी उडान गर्न आफैँ तयार हुने उनको भनाइ छ।

लामो समयको प्रयासपछि एउटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका सम्पूर्ण प्रक्रिया पूरा गरेर पोखरामा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर १ जनवरी २०२३ मा उद्घाटन गरिएको थियो। हालसम्म केही चार्टर्ड उडानबाहेक एउटा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।

प्रकाशित: २०८१ पुस ११ गते बिहिबार ०३:२१
प्रतिक्रिया

थप समाचार

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

काठमाडौँ: सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८३–२०८७)...

राष्ट्रिय यातायात नीति जारी: सार्वजनिक यातायातलाई पूर्ण विद्युतीय बनाउने

काठमाडौँ: सरकारले मुलुकको यातायात क्षेत्रलाई सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाउने उद्देश्यका साथ राष्ट्रिय यातायात नीति, २०८३ जारी गरेको छ। मन्त्रिपरिषद्को गत असार २४ गतेको बैठकले स्वीकृत...

भदौदेखि नयाँ बजार व्यवस्थामाथि छलफल हुने, सेबोनले नियमावली तयार गर्दै

बोर्डका अनुसार यी विषयसँग सम्बन्धित नियम, निर्देशिका तथा परामर्शपत्र साउनभित्र तयार गरिने लक्ष्य राखिएको छ। त्यसपछि भदौ महिनादेखि लगानीकर्ता, ब्रोकर, मर्चेन्ट बैंकर, सूचीकृत कम्पनी तथा अन्य...

बैंकहरूले यसपटक पनि पाउलान् कार्भ–आउट सुविधा?

कार्भ–आउटको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र लाभांश वितरणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्णयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना