काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कानुन समितिको बैठकमा सहभागी भएका छन्।
केही नेपाल ऐन संशोधनमा वन तथा वातावरण मन्त्रालयबारे छलफल हुने भएपछि देउवा समितिमा पुगेका हुन्।
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि राज्य व्यवस्था समितिको बैठकमा सहभागी भएका छन्।
भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि हृदयराम थानी संयोजकत्वको उपसमितिले बुझाएको प्रतिवेदनमा छलफलका लागि प्रचण्ड समितिमा पुगेका हुन्।
संसदीय समितिका बैठकहरूलाई शीर्ष नेताहरूले बेवास्ता गर्ने गरेका भएपनि बिहीबारका बैठकमा दुई जना पूर्वप्रधानमन्त्रीसमेत रहेका नेताहरू पुगेका हुन्।


