काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायती सदन वेस्ट मिनिस्टरको कार्यक्रममा सम्बोधन गर्ने भएका छन्।
पुस २९ (१३ जनवरी २०२५)का दिन संसद भवनभित्र आयोजना गरिने कार्यक्रममा सम्बोधन गर्ने तय भएको कोइराला निकट कांग्रेस नेता डा गोविन्दराज पोखरेलले जानकारी दिए। त्यसरी सम्बोधन गर्ने कोइराला प्रथम नेपाली नेता हुने पोखरेलको दाबी छ।
उक्त कार्यक्रममा बेलायतका एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्य मन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहने जानकारी दिइएको छ।
बेलायतको एसिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार वाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही पुस २५ (जनवरी ९)मा त्यसतर्फ जाँदै छन्।
यस अगाडि नेपाली राजाहरुको बेलायत भ्रमण हुँदा दरबारमा सम्बोधन हुने गरेको थियो।
