२०८३ कार्तिक १७ गते सोमबार

ओलीले भने- रावल धम्काएर खान सिपालु मान्छे हो, पिलो निचोरिँदैमा वजन घट्दैन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २३
oli

काठमाडौँ- तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटी बैठक सकिएको छ। पार्टी कार्यालय च्यासलमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले बैठकको समापन गरेको हुन्।

बैठकमा केन्द्रीय सदस्यहरुले ओलीको कार्यशैलीको चर्को आलोचना गर्दै पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट गरिएको निष्कासन र दुई नेतृमाथि गरिएको निलम्बन फिर्ता हुनुपर्ने माग गरेका थिए।

जवाफमा ओलीले कारबाही पुर्नविचार/पुनरवलोकन नहुने मात्र नभई उनीहरुलाई कारबाही गर्नै ढिलो भएको जवाफ दिए। स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई पनि चाँडै पार्टीबाट निकाल्ने चेतावनी उनले दिएका छन्।

‘पिलो निचोरिँदैमा वजन घट्दैन। बिन्दा र उषाको प्रतिक्रिया हेर्दा ६ महिना पर्खिन थामिन सकिन्छ जस्तो लाग्दैन,’ ओलीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने।

ओलीले विन्दा र उषा कहिल्यै पार्टीको पक्षमा नबोलेको बरु पार्टीविरुद्ध मिडियामा बोल्दै हिँडेको भन्दै आक्रोश पोखे। ‘विन्दा र उषा पार्टीको पक्षमा कहिलै बोलेनन् तर पार्टीको विरुद्धमा मिडियामा, फेसबुकमा, टिभीमा, युट्युबमा धाउने, एनजिओका डलर खाँदा स्वाभिमानी भइन्छ? ठुला कुरा गर्ने?’ ओलीको प्रश्न थियो।

ओलीले रावलको जिल्ला जाँदा कांग्रेसका नेताहरु फूलमाथि लिएर आएको तर उनी देखासमेत नपरेको भन्दै गुनासो गरे। ‘भीम रावललको जिल्ला जाँदा बरु कांग्रेसले फूलमालाले स्वागत गरे। तर उनी (रावल) देखासमेत परेनन्,’ ओलीले अगाडि भने, ‘भीम रावल लडेर झगडा गरेर धम्काएर खान सिपालु मान्छे हो।’

ओलीले रावलले आफूविरुद्ध गौरा पर्वमा १०/१२ जना लगाएर ‘केपी चोर देश छोड’ भन्ने नारा लगाउन लगाएको दाबी गरे।

ओलीले आफ्ना सन्तान नभएकाले पैसा धन सम्पत्तिको आवश्यकता नरहेको बताएका थिए।

आफूलाई पैसाको खाँचो नपरेकाले भ्रष्टाचार गर्ने कुरै नभएको उनको भनाइ थियो। ओलीले भने, ‘म सन्तान नभएकोलाई किन चाहियो पैसा? म बिरामी मान्छे पनि हुँ कति बेला के हुन्छ थाहा छैन।’

प्रकाशित: २०८१ पुस २३ गते मङ्गलबार ०४:२१
प्रतिक्रिया

थप समाचार

१४ स्थानमा टाटा ‘गुरु’हरूलाई बीएस–६ प्रविधिसम्बन्धी तालिम दिँदै सिप्रदी

काठमाडौँ: टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाले संयुक्त रूपमा बीएस–६...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

नागढुङ्गा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन

काठमाडौँ: नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ। पहिलो दिन आइतबार ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए। सुरुङमार्ग...

कर्नालीको अपराजित यात्रामा ब्रेक, काठमाडौँ ४ विकेटले विजयी

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा काठमाडौँ गोर्खाजले कर्नाली याक्सलाई ४ विकेटले हराएको छ। लगातार तेस्रो जितको खोजीमा रहेको कर्नालीको...

भारतमा बिजुलीको माग २१.८८ प्रतिशत बढ्यो

नयाँ दिल्ली। औद्योगिक तथा व्यवसायिक गतिविधि विस्तारसँगै भारतमा विद्युत खपत बढ्दै गएको छ। बिजुलीको माग २१.८८ प्रतिशत बढेर १ खर्ब ५९ अर्ब ७६ करोड युनिट पुगेको छ। वृद्धिको मुख्य कारण चाडपर्वको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना