२०८३ कार्तिक २३ गते आईतबार

सहकारी अध्यादेश पीडितभन्दा पनि ठगमैत्री भन्दै सरकारलाई १६ बुँदे चेतावनी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २३
Photo (2)

काठमाडौँ- सहकारी पीडितले ओली सरकारले ल्याएको सहकारी अध्यादेश पीडितको समस्या समाधान भन्दा पनि सहकारी ठग बचाउने खेल भएको आरोप लगाएको छ। मंगलबार राजधानीमा कार्यक्रमको आयोजना गरी समस्या समाधानका लागि १६ बुँदे चेतावनी पत्रसमेत सार्वजनिक गरेको छ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)का अध्यक्ष कुशलभ केसीले देशभरी सहकारी बचतकर्ताहरु तनावमा भएको बेला अध्यादेश पीडितमैत्री भन्दा पनि ठग बचाउने योजनामा ल्याइएको बताए।
केसीले पीडितहरु घरबार विहीनको अवस्थामा पुगेको बेला सरकारले ल्याएको अध्यादेश आगोमा घ्यूजस्तै भएको बताए।

उनले भने, ‘हामीले ओली सरकारले आफूलाई सच्याएर अघि बढ्ला भनेको त झन पीडितको उठिवास लगाउने कार्य भयो। हामीले १६ बुँदे सुझाव पत्रसहित सरकालाई यो चेतावनी दिन्छौं कि समस्या समाधान होस् अन्यथा जे पनि हुनसक्छ।’

वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले सहकारी अध्यादेश पीडितलाई न्याय दिन भन्दा पनि काँग्रेस–एमालेका सहकारी ठग बचाउन ल्याइएको आरोप लगाएका छन्।

अर्का वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले काँग्रेस–एमाले सरकार रहुन्जेल सहकारीको पैसा पीडितले नपाउने जिकिर गरे। न्यौपानेले पीडामा रहेका पीडितको बचत तत्काल फिर्ता गर्ने प्रावधान अध्यादेशमा उल्लेख नभएकाले पीडितले न्याय पाउने सम्भवना नरेहेको दाबी गरे।

अधिवक्ता हरि कट्टेलले देशभरीका सहकारी पीडितको बचत रकम फिर्ता गर्ने सरकारले पहल नगरे जनता थप आक्रोषित बन्ने भएकाले त्यसतर्फ सरकार लाग्नु पर्ने धारणा राखे।

आयोजक महासंघले देशभरी बचत तथा ऋण सहकारी १५ हजार र कृषि सहकारी २१ हजार गरेर जम्मा ३६ हजार सहकारीलाई सरकारले अनुमती दिएकोमा अहिले बचत तथा ऋण सहकारी अधिकासं संकटमा रहेको जानकारी दिएको छ।

अहिलेको अध्यादेश पीडितको पीडामा मल्हम लगाउने भन्दा थप घाउ बल्जाउने भएको आरोप लगाउँदै सहकारी पीडितको आर्थिक सुरक्षाको स्वामित्व सरकारले लिनु पर्ने। ठग सञ्चालकहरु, कर्मचारीहरु तिनका परिवारजनहरु आफन्तहरु र विभिन्न स्थानमा लगानी गरेको चलअचल सम्पत्ति सरकारले आफ्नो कब्जामा लीई, अधिकरण/जफत गरी, तुरुन्तै (आज भोलि नै) समाधान दिन पर्ने। सरकारले बजेटमार्फत ५ लाखसम्मको बचत रकम फिर्ता दिने घोषणा यथार्थमा धोती लगाएकोलगायत विभिन्न १६ बुँदे मागपत्र जारी गरी सो पूरा नभए कडा आन्दोलनमा जाने पीडितले चेतावनी दिएका छन्।

समस्यागत सुझावका बुँदाहरूः
१. भविष्यमा सहकारीको संस्थाले गर्नसक्ने अपचलन र अनियन्त्रित व्यवहारलाई प्राधिकरण बनाएर नियमन गर्न खोजेको अध्यादेश सकारात्मक छ। यद्यपि यसको दुरुपयोग हुने गुञ्जायस विद्यमान छ।

२.सहकारी ठगहरूका सञ्चालक समितिका अध्यक्ष सदस्य पदाधिकारी शाखा प्रमुख विभागीय समितिहरू एवं कर्मचारी समितिको संलग्नता यकिन गरी तिनका परिवारका अथवा तीन पुस्तासम्मका नातागोता आफन्त इष्टमित्र साथीभाइ शंकास्पद व्यक्ति लगायत संघसंस्था कम्पनी मा लगानी सेयरबजारमा लगानी विदेशमा लुकाई छिपाई राखेको रकम समेत खोजी गर्ने त्यस्तो अवैध तरिकाले राखेका सम्पत्ति सरकारले जफत गरी बचतकर्ताको बचत फिर्ता गर्ने।

३. बैंकमा धितो राखी सहकारीले लिएको रकम असुली गर्ने प्रयोजनलाई बैंकहरूले धितो लिलाम गर्ने प्रक्रिया छ तर पीडितको रकम असुलीमा बैंक मौन छ। न्यून मूल्यमा बैंकले सम्पत्ति लिलाम गर्दा पीडितको अधिकार हनन भएको छ तसर्थ त्यस्तो बैंकले धितो राखेको रकम सरकारले सकार्ने सो बैंकले पाउनुपर्ने रकम तत्काललाई सरकारले बैंकलाई तिरिदिने र त्यसरी सकारेको सम्पत्ति सरकारले जफत गर्ने र सो सम्पत्ति चलनचल्ती मूल्यमा लिलाम गरी उठेको रकमबाट सरकारले बैंकलाई तिरिदिएको रकम शोध भर्ना लिने बाँकी बचेको पैसा कोषमा जम्मा गरी पीडितलाई वितरण गर्नुपर्ने।

४. थुनुवामा रहेका सञ्चालकहरू कानुन व्यवसायी मार्फत पैसाको चलखेलले धरौटीमा छुट्ने सम्भावना बलियो छ। छुटेपश्चात निजहरू भारत वा तेश्रो मुलुक भाग्ने, सम्पत्ति बेच्ने र सम्पर्कविहीन हुने सम्भावना उनिहरुलाई बचतकर्ताको पैसा नतिरे रमा जेलबाट मुक्त नगर्ने। साथै निजहरूका परिवारका सदस्यहरुलाई विदेश भ्रमणमा रोक लगाउनुपर्ने, बिदेश भागीसकेकालाई रेट कोर्नर नोटिस जारी गरी तदारुक्ताका साथ नेपाल भित्र्याउन कडा निर्देशन हुनुपर्ने।

५. सरकारले बजेटमार्फत ५ लाखसम्मको बचत रकम फिर्ता दिने घोषणा यथार्थमा धोती लगाएको अवस्था छ। अध्यादेशले बचतकर्तालाई दुई वर्गमा विभाजन गरी साना र ठूला बचतकर्ता भनेर बचतकर्तालाई संगठित हुन नदिने षड्यन्त्र गरेको देखिन्छ। ५ लाखसम्मको रकम पनि सरकारले जमानी बसेर दिने नभई सहकारीले रिण दिदा राखेको धितो बिक्री गरी दिने भनिएको छ। सम्पूर्ण बचतकर्तालाई पहिलो किस्तामा कम्तिमा ५ लाख रुपैया दिने कानुन ल्याएको भये सबै बचतकर्ताहरूलाई थोरै मात्र भएपनी राहत मिल्ने थियो।

६. सहकारी पीडितको आर्थिक सुरक्षाको स्वामित्व सरकारले लिनु पर्छ। ठग सञ्चालकहरु, कर्मचारीहरु तिनका परिवारजनहरु आफन्तहरु र विभिन्न स्थानमा लगानी गरेको चलअचल सम्पत्ति सरकारले आफ्नो कब्जामा लीई, अधिकरण/जफत गरी, तुरुन्तै (आज भोलि नै ) समाधान दिनु पर्छ।

७. नागरिकको जीवन रक्षाको संवैधानिक हक अनुरुप असाध्य र कडा रोग लागेर उपचार खर्चको अभावमा मृत्युवरण गर्न बाध्य मानसिक विक्षिप्त भएर बाँच्न बाध्यहरुलाई सरकारले उनीहरूको जीवन रक्षाको जिम्मा लिनुपर्छ र पीडितहरूको मानव अधिकारको रक्षा गर्नुपर्छ।

८. सञ्चालकको मिलिमतोमा सञ्चालकको हुँदै नभएको जग्गा लाई बिचौलिया मार्फत न्यून मूल्यको जग्गालाई तीन चार गुणा मूल्य कायम गरी सेटल गर्ने प्रवृत्तिको अन्त्य गरिनु पर्छ। यसभन्दा अगाडि सेटलको नाममा हजारौं बचतकर्तालाई ठगिसकेको हुँदा त्यस्ता कार्य यस्ता कार्य गर्नमा रोक लगाउनु पर्छ। बिचौलियाहरुलाई र मतियारहरुलाई ठगेको रकमको १० गुणा जरिवाना र हँदैसम्मको कैद सजायको व्यवस्था हुनुपर्छ।

९. सहकारी ठगहरूले जेलभित्रैबाट विभिन्न दलालहरू परिचालन गरी तेस्रो पक्षको न्यून मूल्यको जग्गालाई अत्यधिक मूल्याङ्कन गराई बाहिर बसेर सम्झौता गराउने मिलापत्र गर्ने गराउने पाइएको छ। मिलापत्र गर्दा वास्तविक पीडितले बुझेको पैसा बैंकमा जम्मा भएको खाताको विवरण अथवा ठूलो रकमका हकमा बैंकले गुड फर पेमेन्टको कागजात अनिवार्य रुपमा न्यायालय अथवा सम्बन्धित निकायमा पेश गर्नुपर्नेछ। सो पर्याप्त कागजात भएमा मात्र मिलापत्र गरेको कुरालाई कानुनी मान्यता हुनुपर्दछ।

१०. समस्याग्रस्त सहकारीमा सम्बन्धित सहकारीको अलग अलग विवरण तयार पारी सहकारी तथा संचालकहरुको सम्पत्ती, सहकारीमा धितोमा रहेको सम्पत्ति ( जग्गा, बिल्डिङ, सेयरमा लगानी, बैंक ब्यालेन्स, कम्पनीमा लगानी, सवारी साधन, मेसिनरी औजारहरु तथा अन्य चल अचल सम्पत्ति जफत गरेको विवरण पारदर्शी तरिकाले बचतकर्ताले र सरोकारवाला निकायले चाहेका बेला हेर्न देख्न पाउने कानुनी व्यवस्था हुनुपर्दछ !
चाहे प्राधिकरण लागू गर्दाको बखत होस् चाहे सरकारले अन्य कुनै निकाय निर्माण गर्दा प्रष्ट बुझ्ने भाषामा लागू हुनु पर्दछ।

११. समस्याग्रस्त गर्नका लागि सहकारी ऐन २०७४ को दफा १०४ को उपदफा १ को खण्ड (च) मा रहेको २५ जना शब्द नै उपयुक्त हुने हुनाले २५ प्रतिसत भन्ने शब्द हटाइनु पर्दछ।

१२. समस्याग्रस्त घोषित सहकारी संसदीय छानबिन समितिले सिफारिस गरेको ५ लाख रुपैयाँ भन्दा कम बचत गर्नेलाई सम्पूर्ण रकम दिने भनेकोमा सबै बचतकर्तालाई पहिलो किस्ता बापत रु ५ लाख सम्म भुक्तानीको व्यवस्था हुनुपर्दछ। यसरी रकम वितरण भएको खण्डमा मात्र समग्र पीडितलाई न्याय हुनेछ।

१३. सहकारी संस्थाको संरचना सम्बन्धी कानुनः
बचत तथा रिण सहकारी संस्थाले बैंकको जस्तै काम गर्ने हुनाले यि संस्थाहरु नेपाल राष्ट्र बैंकको नियमनमा हुनु पर्दछ। उत्पदन, बजार ब्यबस्था तथा अन्य किसिमका सहकारी संस्था फरक प्रकृतिका भएकाले यि संस्थाहरुलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणले नियमन गर्नु पर्दछ। बचत तथा रिण सहकारी संस्थाहरुलाई गाउँपालिकारनगरपालिका वा नजिकको स्थानमा रहेको कृषि बिकास बैंक, राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक लिमिटेड वा अन्य कुनै बैंकमा मर्ज गराई त्यस्तो बैंकमा “सहकारी शाखा” बनाइनु पर्दछ। त्यसो गरेमा ति बैंक अन्तर्गतका “सहकारी शाखा नेपाल राष्ट्र बैंकको स्वतह स्ट्याण्डर्ड नियमनमा पर्नेछन। यस्ता शाखाहरु “स्वनियमनू मार्फत सहकारीमा हुने दुसित ठगी, संगठित अपराध र सम्पत्तिकरण समस्याबाट मुक्त हुनेछन्।

१४. बचतकर्ताको रकम फिर्ता गर्ने सम्बन्धी कानुनः
धेरै सहकारीका संचालकले आफु धनी हुन स्वनियमनू को आडमा सहकारी मार्फत ठगी, संगठित अपराध ररवा सम्पत्ती शुद्धिकरण गरी सहकारीमा जम्मा भएको रकम बेपत्ता पारी बचतकर्ताको निछेप फिर्ता गरेका छैनन। ठुला सहकारीले मात्र पौने ३ खर्ब भन्दा बढी रुपैया अपचलन गरेका छन्। कतिपय ठग संचालकले घर जग्गा कारोबार वा ब्यापार सम्बन्धी आफ्ना बिभिन्न निजी प्रा. लि. कम्पनी खोली सहकारीबाट बिना धितो वा फर्जी धितोमा ति कम्पनीमा लाखौंरकरोडौरअर्बौ रुपैया लगि ति कम्पनिहरुबाट रकम बेपत्ता पारेका छन्।

ठग संचालकहरुले ति निजी कम्पनी धितो राखी बिभिन्न बैंकबाट लाखौंरकरोडौरअर्बौ रुपैया रिण लिएर सो रकम पनि बेपत्ता बनाएका छन। जनताको धन सम्पत्तीको सुरक्षा गर्नु पर्ने राज्यको दाइत्व भएकाले बचतकर्ताले सहकारीमा राखेको सबै रकम राज्यले बचतकर्तालाई फिर्ता गरीदिनु पर्दछ। साथै ठग संचालकहरु, उनिहरुका परिवार र अन्यका नाममा हाल रहेका तथा सहकारीको सम्पत्ती बढी बढाइ गरी पहिले बिक्री वा नामसारी गराएका नेपाल तथा बिदेशमा रहेका सबै सम्पत्ती जफत गरी राज्यले सोध भर्ना लिनु पर्दछ।

१५. सहकारीका पीडकहरुलाई सजाय दिनु पर्ने सम्बन्धी कानुनः
कुनै देशमा ठगी, संगठित अपराध ररवा सम्पत्ती शुद्धिकरण गर्ने ब्यक्तीलाई सर्बोस्वहरण गरी मृत्यु दण्ड दिने ब्यबस्था छ। पश्चिमका बिकसित मुलुकहरुमा भने सामान्यतया यस्ता अपराध गर्नेलाई अपराध गरेको रकमको १० गुणा सम्मको रकम जरिमाना र केश हेरी १०० बर्ष भन्दा बढीको जेल सजय दिने कानुन छ। नेपालले पश्चिमका बिकसित मुलुकहरुमा भएको कानुन अबलम्बन गर्नु श्रेयकर हुन्छ।
आउदो सम्सद अधिबेसनले सहकारी बिषयमा यि माथिका कुराहरु राखी कानुन बनाएमा सहकारी सम्बन्धी सबै समस्याको समाधान हुनेछ।

१६. अन्य ठाउमा जे लिखिएको भयता पनि समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ती ब्याबस्थापन गर्ने सिलसिलामा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित संघ, प्रदेश र स्थानिय सरकारले बेहोर्नेछ।

प्रकाशित: २०८१ पुस २३ गते मङ्गलबार ०४:४०
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना