काठमाडौँ- नेपाल वायुसेवा निगमले क्वालालम्पुर-भैरहवा सिधा उडान गर्ने भएको छ। जेठ २९ देखि हरमंगलबार नियमित रूपमा उडान सुरु गर्न लागिएको निगमले जानकारी दिएको हो।
यात्रुको चाप बढेअनुसार थप तालिका पनि ल्याइने निगमले जानकारी गराएको छ। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र वाणिज्य विभागका निर्देशक टंकनिधि दाहालले मलेसियाका उड्डयन अधिकारीसँग छलफल गरेपछि भैरहवा-क्वालालम्पुर उडान तय गरिएको हो।
सोमबार काठमाडौंबाट क्वालालम्पुर जाने निगमको न्यारोबडी जहाज मंगलबार क्वालालम्पुरबाट भैरहवा पुगेर काठमाडौं आउने जानकारी दिएको छ।


