काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपा (एमाले) र नेकपा )माओवादी केन्द्र)का अध्यक्षबारे टिप्पणी गरेका छन्।
भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली अलि बढी खुला र प्रस्ट भएको तर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सदा झैँ कुटिल र छद्म रहेको टिप्पणी गरेका छन्।
‘ओली अलि बढी खुला र प्रष्ट! प्रचण्ड सदा झैं कुटील र छद्म! खासगरी नेपालको जटील भूराजनीति र शक्तिकेन्द्रहरूको चलखेलको सन्दर्भमा र क्रान्तिकारी लफ्फाजीको प्रयोगमा,’ उनले लेखेका छन्।
मंगलबार सम्पन्न दुवै पार्टीहरूको केन्द्रीय कमिटी बैठकलाई लिएर पूर्वप्रधानमन्त्री भट्टराईले ‘ओली र प्रचण्डका (कम्युनिस्ट) पार्टीहरूको हालैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रुसी पार्टीको झल्को आएको’ टिप्पणी गरेका हुन्। उनले कम्युनिस्ट पार्टीहरूको बाहिरी रूप समाजवादी र भित्री सार नोकरशाही पुँजीवादी रहेको बताएका छन्।
‘ओली र प्रचण्डका ‘कम्युनिष्ट’ पार्टीहरूको हालैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रूसी पार्टीको झल्को आयो- बाहिरी रूप ‘समाजवादी’ भित्री सार ‘नोकरशाही पुँजीवादी’,’ प्रचण्डको तुलना छ।
आइतबार सुरु भएर मंगलबार सकिएको एमाले र माओवादीको केन्द्रीय कमिटी बैठकमा दुवै दलले आ–आफ्ना प्रतिवेदन पारित गरेका छन्। एमालेले आइतबार नै राजनीतिक र सांगठनिक प्रतिवेदन सार्वजनिक गरेको थियो। तर माओवादी केन्द्रले अध्यक्ष प्रचण्डले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन पारित नभएससम्म सार्वजनिक नगर्ने बताएको छ।
यस्तो छ बाबुरामको स्टाटस
ओली र प्रचण्डका ‘कम्युनिष्ट’ पार्टीहरूको हालैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रूसी पार्टीको झल्को आयो – बाहिरी रूप ‘समाजवादी’ भित्री सार ‘नोकरशाही पुँजीवादी’!
बरू ओली अलि बढी खुला र प्रष्ट! प्रचण्ड सदा झैं कुटील र छद्म! खासगरी नेपालको जटील भूराजनीति र… pic.twitter.com/6bXItsLSTy
— Baburam Bhattarai (@brb1954) January 9, 2025


