काठमाडौँ- नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश (करसहित) गरी कूल २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ।


