काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थप दुई दिन प्रहरी हिरासतमै रहने भएका छन्।
सोमबार सुरु भएको थुनछेक बहस नसकिएपछि बुधबारसम्म उनी प्रहरी हिरासतमै रहने भएका हुन्।
मंगलबार सार्वजनिक बिदा परेकाले अब बुधबार मात्र अर्को बहस हुनेछ। त्यतिन्जेलसम्मका लागि रवि प्रहरी हिरासतमा नै रहने भएका हुन्।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेलगायत विरुद्ध मुद्दा दर्ता भएको छ। उक्त मुद्दाको बयानका लागि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए।
बयान नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले आइतबार हिरासत पठाउने आदेश गरेका थिए।


