काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा न्याय नमरेको बताएका छन्।
जिल्ला अदालत काठमाडौंमा ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएपछि लामिछानेले भने, ‘सबै जनालाई धेरै धेरै धन्यवाद। न्याय प्रक्रियालाई सघाउन आएको भनेको थिएँ। अदालतप्रति एकदमै सम्मान व्यक्त गर्न चाहन्छु। न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु। न्यायलयलाई विशेष धन्यवाद दिन चाहन्छु। यो देशमा न्याय मरेको छैन।’
सहकारीको रकम अपलचन गरेको आरोपमा २ कात्तिकमा पक्राउ परेका लामिछानेलाई कास्की जिल्ला अदालतले पनि ६५ लाख रुपैयाँमा रिहा गरेको थियो। आज पनि काठमाडौँ जिल्ला अदालतबाट उनी ६५ लाख रपैयाँ धरौटी बुझाएर रिहा भएका हुन्।


