काठमाडौँ– नेकपा एकीकृत समाजवादीका ओखलढुंगा जिल्ला अध्यक्ष हंसराज वाग्ले नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले वाग्लेलाई टीकामाला लगाएर कांग्रेसमा प्रवेश गराएका हुन्।
वाग्ले समाजवादीमा जानुभन्दा पहिले नेपाली कांग्रेसका जिल्ला सदस्य थिए।
समाजवादीमा प्रवेश गरेपछि उनी ओखलढुङ्गाको जिल्ला अध्यक्ष तथा कोशी प्रदेश कमिटी सदस्यसमेत बनेका थिए।
कांग्रेस छाडेर एकीकृत समाजवादी प्रवेश गरेपछि वाग्ले केही महिना कोशी प्रदेश खेलकुद परिषदको सदस्यसचिव समेत भएका थिए। तर अदालतको परमादेशले उनी पदच्यूत भए।


