काठमाडौँ- मन्त्रिपरिषद् बैठकले ७ दिनभित्र गर्ने भनेको काम गर्न ६ महिना लागेको छ।
बैठकले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रीसँग सेवा शुल्क नलिने भनेर गरेको निर्णय कार्यान्वयनमा लैजान ६ महिना लागेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहका अनुसार ६ महिनाअघि मन्त्रिपरिषदले गरेको निर्णयअनुसार सेवा शुल्क छुट दिने कुरा कार्यान्वयनमा आएको बताएका हुन्।
यस्तो छुट भदौ २०८३ सम्मका लागि मात्र हुनेछ।
सेवाशुल्क छुट हुँदा पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने यात्रुलाई ३ हजार सहुलियत हुनेछ।


