२०८३ कार्तिक २३ गते आईतबार

‘फलेको सुन्तलाको हाँगो नझुकेको कहाँ छ र’

 |  राम थापा
Sanket

राम थापा

काठमाडौँ, माघ १३
suntala-baskharka-orange-1737871729
???????

पर्वतको बासखर्कका सुन्तलाबारे सुन्दै आएकी गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्यमा जिसी श्रेष्ठ शुक्रबार त्यहाँको सुन्तला बगान देखेर छक्क परिन्। पाखैभरि पहेँलपुर सुन्तला देख्दा कसको पो मन नलोभिएला र ? किसानको प्रतिनिधित्व गर्ने मन्त्रीका रूपमा उनका लागि त्यो दृश्य झनै लोभलाग्दो थियो। बोटै निहुरिने गरी टलरम्म फलेका सुन्तलाको बगान छिचोल्दै ‘बासखर्क सुन्तला महोत्सव’मा सहभागी हुन पुगेकी मन्त्री श्रेष्ठले बाँसखर्कलाई सुन्तलाखर्कका रूपमा चिनाउनुपर्ने बताइन्।

‘यहाँको सन्तुलाबारे मन्त्रालयमा पछि छलफल हुन्थ्यो, साथीहरूबाट पनि धेरै कुरा सुनेकी थिएँ, तर आफैंले प्रत्यक्ष देख्दा यो ठाउँलाई बाँसखर्क नभई सुन्तलाखर्क भन्दा अझ उपयुक्त हुन्छ जस्तो मलाई लाग्यो’, मन्तव्यका क्रममा उनले भनिन्। पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा आयोजित महोत्सवमा पुगेका जोकोही त्यहाँको सुन्तलाखेती देखेर अचम्मित बने। बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले गाउँभरि सुन्तलाको बगान देखेर आफू प्रभावित भएको सुनाए। ‘एउटै बोटमा यतिधेरै सुन्तला फलेको धेरै काममात्र देखिन्छ, यहाँ त बगान नै लटरम्म बनेको छ, गाउँ नै सुन्तलाले ढाकेको छ’, उनले भने।

गाउँका अगुवा सुन्तला किसान मेखबहादुर खत्रीका अनुसार यस वर्ष बाँसखर्कमा सुन्तला अत्यधिक फल्यो। उनले रु १८ करोड ४४ लाख ४७ हजारको सुन्तला उत्पादन भएको जानकारी दिए। एक हजार पाँच सय रोपनी जमिनमा सुन्तलाखेती गरिएकामा फल दिने बोट २६ हजार सात सय छ र हुर्कँदै गरेका बोटको सङ्ख्या २४ हजार चार सय ४५ रहेको किसान खत्रीले बताए। कुल ५१ हजार एक सय ५१ बोट रहेकामा सबै बोटले फल दिँदा केही वर्षमा उत्पादन दोब्बर बढेर झण्डै रु ४० करोड हाराहारी पुग्ने अनुमान गरिएको छ। अगुवा कृषक जतबहादुर खत्रीको बगानमा वर्षमा रु ३५ लाख बराबरको सुन्तला फल्ने गरेको छ। उनले २५ रोपनीमा सुन्तलाखेती गर्दै आएका छन्।

अर्का अगुवा किसान शान्तबहादुर छिन्तेलले वार्षिक रु २३ लाख र हेमबहादुर अर्मजाले रु १९ लाख बराबरको सुन्तला उत्पादन गर्दै आएका छन्। तेजबहादुर खत्री र नरबहादुर पाइजाले सुन्तलाको नर्सरी सञ्चालन गर्दै आएका छन्। ‘व्यवासायिक सुन्तलाखेतीले बाँसखर्कका किसानको जीवनस्तर नै बदलिएको छ, सुन्तला बेचेर वर्षको पाँच लाखदेखि रु ४० लाखसम्म कमाउने किसान यहाँ हुनुहुन्छ’, अगुवा किसान मेखबहादुर खत्रीले भने। बाँसखर्कको सुन्तला पोखरा, मुग्लिन, नारायणगण, काठमाडौंलगायत ठाउँमा खपत हुने गरेको उनको भनाइ छ। उनका अनुसार जलजला–१ को मालगाउँ र घुमाउने तालको केही ठाउँबाहेक बाँसखर्कको अधिकांश क्षेत्रमा सुन्तलाखेती हुँदै आएको छ। विसं १९९७-९८ तिर बाँसखर्कको बजारमारे र वीरमारेमा केही सुन्तलाका बोट देखिएको र त्यसपछि समयक्रममा सुन्तलाखेती विस्तार हुँदै आएको उनले बताए।

विसं २०२८ मा कृषि विकास बैंकले सुन्तलाखेती गर्ने किसानलाई ऋण दिन थालेपछि बाँसखर्कमा सुन्तलाखेती सुरु भएको गाउँका अगुवा किसान बताउँछन्। पोखरासम्म सडक पहुँच विस्तार भएपछि २०५२-२०५३ सालदेखि बाँसखर्कका किसानले व्यावसायिक रूपमा सुन्तलाखेती सुरु गरेका हुन्। दुई सय ३९ घरपरिवार रहेको बाँसखर्कका अधिकांश किसान सुन्तलाखेतीमा आबद्ध छन्। किसानले सुन्तलाखेतीको विकल्प देख्न छाडिसकेका छन्।

उत्तरी मोहडातर्फ भिरालो जमिनमा फैलिएको बाँसखर्क सुन्तलाखेतीका लागि उत्तम रहेको गाउँपालिकाका कृषि अधिकृत राजु गौतमले बताए। ‘यहाँको मुख्य विशेषता भनेको हिमालतिर फर्किएको जमिन छ, सुन्तलाखेतीका लागि सुहाउँदो हावापानी छ, कालो माटो र पारिलो ठाउँ भएकाले सुन्तलाखेती फस्टाएको छ’, उनले भने ‘अन्यत्र बगान रित्तिसक्दा पनि बाँसखर्कमा माघ-फागुनसम्मै सुन्तला रहन्छ।’ बाँसखर्क समुद्री सतहबाट एक हजार एक सय मिटरदेखि एक हजार नौ सय मिटरसम्ममा फैलिएको छ। वडाध्यक्ष जकबहादुर रोकाले सुन्तला ढुवानीका लागि बाँसखर्क जोड्ने सडकको स्तरोन्नति हुनसके किसानलाई थप सुविधा पुग्ने बताए।

सिँचाइ सुविधा, पहिरो नियन्त्रण र सुन्तला बगानमा रहेको विद्युत् तारको व्यवस्थापन नहुँदा किसानले समस्या भोग्दै आएको उनको भनाइ छ। गाउँपालिका र १ नं वडा कार्यालय मिलेर आयोजना गरिएको महोत्सवमा सुन्तलाखेतीसम्बन्धी प्रविधि प्रसार, सुन्तला प्रदर्शनीलगायत कार्यक्रम गरिएको थियो। उत्कृष्ट किसानलाई नगदसहित सम्मान गरिएको थियो। महोत्सवमा स्थानीय कला, संस्कृतिको प्रदर्शनी राखिएको थियो। एक दिनमात्र सञ्चालित उक्त महोत्सवमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्यमा जिसी श्रेष्ठ, उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, राष्ट्रियसभा सदस्य मनरुपा शर्मालगायत विशिष्ट व्यक्तित्वको सहभागिता थियो।

सो अवसरमा मुख्यमन्त्री पाण्डेले बाँसखर्कलाई सुन्तलाको पकेट क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले म्याग्दी सदरमुकाम बेनीबाट बाँसखर्क जोड्ने सडक स्तरोन्नतिका लागि आगामी बजेटमा योजना समावेश गर्ने बताए। मुख्यमन्त्री पाण्डेले सुन्तलाखेती गर्ने किसानलाई सीप र प्रविधि हस्तान्तरणमा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराइने बताए। गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बाँसखर्कको सुन्तलाको प्रवर्द्धन र बजारीकरणका साथै किसानलाई सुन्तलाखेतीतर्फ थप प्रोत्साहित गर्ने ध्येयले सुन्तला महोत्सव आयोजना गरिएको बताए। रासस

प्रकाशित: २०८१ माघ १३ गते आईतबार १२:००
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना