काठमाडौँ- अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन्।
बुधबार सम्पन्न मतगणनामा सापकोटा ७१ मतको अग्रतासहित विजयी हुन्।
सापकोटाले ६८६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी हेमन्त राईले ६१५ मत पाए। सापकोटा र राईबिचको मतान्तर ७१ रहेको छ।
सापकोटा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका मानिन्छन् भने राई उपमहासचिव जनार्दन शर्मा निकटका हुन्।
तेस्रोमा उपदेश यादवले ३१० मत पाए भने सुदिन पौडेलले जम्मा १९२ मत प्राप्त गरे।
निर्वाचन समितिले औपचारिक रूपमा विजयी घोषणा गर्न बाँकी छ।
