२०८३ कार्तिक १७ गते सोमबार

डा ओम फाउन्डेसनले छात्रवृत्ति दिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १७
ommurtifoundation-3012025023615-1000×0

काठमाडौँ– डा. ओम फाउन्डेसनले गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। छात्रवृत्तिका लागि कक्षा ६ देखि ९ सम्मका विद्यार्थीले माघ १७ देखि फागुन ५ सम्म आवेदन दिनुपर्नेछ।

वरिष्ट मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओममूर्ति अनिलका अनुसार विद्यार्थी स्वयं वा विद्यार्थीका लागि विद्यालय र अभिभावकले आवेदन दिन सक्नेछन्।

आवेदनमा विद्यार्थीको अघिल्लो कक्षाको ग्रेडसिट, चालू शैक्षिक सत्रका दुई त्रैमासिकको ग्रेडसिट, परिचयपत्र, अन्य कुनै प्रकारको छात्रवृत्ति प्राप्त नगरेको प्रमाण र विद्यार्थीको शैक्षिकस्तरसम्बन्धी विद्यालयको सिफारिस समावेश गर्नुपर्नेछ।

‘पढ्न चाहेका तर आर्थिक स्थिति कमजोर भएकालाई फाउन्डेसनका तर्फबाट सहयोग रहने छ,’ उनले भने।

डा. ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट प्राप्त रकमले उक्त छात्रवृत्ति प्रदान गर्न लागिएको हो।

‘जीवन्त सम्बन्ध’ पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम फाउन्डेसनबाट खर्च गरिने उनले जानकारी दिए। स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापित डा. ओम फाउन्डेसनले विभिन्न स्थानमा सातवटा निःशुल्क मुटु स्वास्थ्य शिविर सञ्चालन गरी १६ सय जनाभन्दा बढीको स्वास्थ्य जाँच गरिसकेको छ।

ती शिविरमा ईको, ईसीजी, सुगर, प्रेसरलगायत जाँच गर्नुका साथै आवश्यक औषधिसमेत निःशुल्क प्रदान गरिएको फाउन्डेसनले जनाएको छ।

विपन्न तथा सीमान्तकृत समुदायका ३ सय ५० घरपरिवारलाई कम्बल (ब्ल्यांकेट) समेत वितरण गरिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनले जानकारी दिएको छ।

स्वदेश र विदेशमा बसोबास गर्ने नेपालीका निम्ति निःशुल्क टेलिमेडिसिन सेवा पनि फाउन्डेसनले प्रदान गर्दै आएको छ।

प्रकाशित: २०८१ माघ १७ गते बिहिबार ०७:४६
प्रतिक्रिया

थप समाचार

१४ स्थानमा टाटा ‘गुरु’हरूलाई बीएस–६ प्रविधिसम्बन्धी तालिम दिँदै सिप्रदी

काठमाडौँ: टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाले संयुक्त रूपमा बीएस–६...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

नागढुङ्गा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन

काठमाडौँ: नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ। पहिलो दिन आइतबार ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए। सुरुङमार्ग...

कर्नालीको अपराजित यात्रामा ब्रेक, काठमाडौँ ४ विकेटले विजयी

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा काठमाडौँ गोर्खाजले कर्नाली याक्सलाई ४ विकेटले हराएको छ। लगातार तेस्रो जितको खोजीमा रहेको कर्नालीको...

भारतमा बिजुलीको माग २१.८८ प्रतिशत बढ्यो

नयाँ दिल्ली। औद्योगिक तथा व्यवसायिक गतिविधि विस्तारसँगै भारतमा विद्युत खपत बढ्दै गएको छ। बिजुलीको माग २१.८८ प्रतिशत बढेर १ खर्ब ५९ अर्ब ७६ करोड युनिट पुगेको छ। वृद्धिको मुख्य कारण चाडपर्वको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना