२०८३ कार्तिक १७ गते सोमबार

‘हाम्रो पुस्तापछि कसले बनाउला भगवान्?’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १७
murti

महोत्तरी- वसन्तपञ्चमी पर्व नजिकिँदै गर्दा महोत्तरीमा अहिले सरस्वतीका मूर्ति बनाउनेको व्यस्तता बढेको छ। आउने सोमबार मनाइने सरस्वती पूजनोत्सव पर्वका लागि बनिएका मूर्तिमा अहिले मूर्तिकार त्यसको निखार ल्याउनमा व्यस्त छन्।

अबको चौथो दिन पर्व नै परेको हुँदा त्यसअघिका तीन दिनभित्र बनेका मूर्ति बेचिसक्नु पर्ने मूर्तिकारलाई समयसीमा छ। त्यसैले अहिले आउने आइतबारसम्म मूर्ति तयार हुनेगरी काममा लागिएको मूर्तिकार बताउँछन्। यसपालि माघ लागेर पनि राम्ररी घाम नलाग्दा माटो मुछेर बनाइएका मूर्ति सुक्न समय लागेको मूर्तिकारको भनाइ छ।

‘मूर्ति सुक्न समय लाग्यो, राम्ररी नसुकी रङ्रोगन हुँदैन’, मूर्ति आकर्षक बनाउन तल्लीन भङ्गाहा–४ का रामचन्द्र महरा भन्छन्, ‘अब रङ्गरोगनको काम थालिन्छ।’ पूजनोत्सवका लागि मूर्ति लैजानेहरुले दुई दिनअघिदेखि लान थाल्ने रामचन्द्र बताउँछन्।

धानको पराल र काँस (कास प्रजातिको एक प्रकारको खर वनस्पति)को लुइँठो बटार्दै सरस्वती आकारमा ढालेर मुछेको माटोले लेपन गरी तयार गरिने मूर्ति घाममा राम्ररी सुकेपछि रङ्गरोगन लगाउन मिल्ने हुन्छ। यो काम मूर्तिकारले पर्वभन्दा केही साता पहिले थाले पनि यसपालि माघको दोस्रो सातासम्मै राम्ररी घाम नलाग्दा मूर्ति सुक्न समय निकै लागेको यहाँका सबैजसो मूर्तिकारको गुनासो छ। वसन्तपञ्चमी र श्रीपञ्चमीसमेत भनिने माघ शुक्ल पञ्चमीका दिन उल्लासका साथ सरस्वती पूजनोत्सव मनाइने मैथिल परम्परा छ।

पर्वका अवसरमा मधेशका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा बस्तीबस्तीका शिक्षण संस्थाले उल्लासमय वातावरणमा सरस्वती पूजनोत्सव पर्व मनाउने परम्परा छ। शिक्षण संस्थामा मनाइने मुख्य साँस्कृतिक पर्वलाई विशेष बनाउन अहिले सबै अन्तिम तयारीमा जुटेका छन्। मिथिलामा स–साना नानीहरुको अक्षरारम्भ वसन्त पञ्चमीकै दिन गरिने हिन्दू मैथिल परम्पराले यो पर्व खास बन्दै आएको छ। शिक्षण संस्थाबाहेक कतिपय व्यक्तिले आफ्नै घरमा सरस्वती पूजनोत्सव अनुष्ठान गर्ने हुँदा यो बेला सरस्वतीका मूर्तिको माग निकै हुने गरेको छ।

‘यसपालि २५ स्कूल (विद्यालय)ले मूर्ति माग गरेका छन्, यसबाहेक पनि केही मूर्ति बिक्ने गर्छ’, औरही–२ फुलबरिया बस्तीका कैलाश महरा भन्छन्, ‘वर्षभरिका केही पवनी (पर्व) ले हाम्रो पेसा धानिदैछ।’ हिन्दू परम्पराका यस्ता मूर्ति पूजा गरिने पर्वमा सम्बद्ध देवीदेवता अतिरिक्त गणेशको मूर्ति अनिवार्य हुने हुँदा कमसेकम दुई वटा मूर्ति बिक्ने कैलाशको भनाइ छ।

‘अहिले सरस्वती पूजाको बेला छ, त्यसैले अहिले सरस्वती र अर्को गणेशको मूर्ति जान्छ’, कैलाशले भने। वर्षभरिका कृष्णजन्माष्टमी, विश्वकर्मा पूजा, दसैंँमा दुर्गापूजा र वसन्तपञ्चमी मूर्ति बिक्ने पर्व हुन्। यी पर्वमा बिकेका मूर्तिको आर्जनले वर्षभरिको नगद खर्चको जोहो हुने गरेको कैलासकै छिमेकी मूर्ति बनाउने पेसाकै दिनेश महरा बताउँछन्।

सरस्वती पूजनोत्सवमा एक÷दुई साता पहिलेदेखि नै मूर्तिकारको व्यस्तता बढ्छ। मूर्तिका लागि माटो छान्ने, ओसार्ने, मुछ्ने, पराल र खरलाई मूर्ति आकार बनाएर माटो भर्ने र अन्त्यमा सरस्वतीको मूर्ति आकर्षक बनाउन विभिन्न रङ भरेर तयार गर्ने यसक्रमका काम हुन्छन्। सामान्यतः पूजनोत्सवमा सरस्वतीसँगै गणेशजीको मूर्तिको पनि माग हुन्छ। हिन्दू परम्परामा सबै शुभकार्यमा गणेशजीको अग्र पूजाको परम्पराले सरस्वती पूजनोत्सवमा पनि गणेशजीका मूर्तिको माग हुने गरेको महोत्तरीकै भङगाहा–७ मझौलियाका मझरु महरा बताउँछन्।

मिथिलामा माटो मुछेर भाँडाकुडा बनाउने काममा कुमाल जाति समुदाय देखिन्छन्। माटो मुछेरै मूर्ति बनाउने काममा अधिकांश महरा (चमार, राम) जाति समुदायका दलित भेटिन्छन्। मूर्ति बनाउने काम आफ्ना बाबुबाजेकै पालादेखि गरिँदै आइएको फुलबरियाका कैलाश बताउँछन्।

वसन्तपञ्चमी, कृष्ण जन्माष्टमी, विश्वकर्मा पूजा र दुर्गापूजामा बनाइने मूर्तिबाट गुजारामा टेवा पुग्ने उनको भनाइ छ। अरुबेला खेतीकिसानी र अन्य बन्द ब्यापार गरेर यस्ता पर्वका बेला मूर्ति बनाइँदा घरपरिवारको भइपरी आउने नगद खर्चमा मद्दत पुग्ने गरेको उनले बताए।

आफूले बाउबाजेको कामलाई निरन्तरता दिए पनि आफ्ना छोरा/भतिजाले भने मूर्ति बनाउने काममा चासो नदेखाउँदा यो पेसा छुट्दै जाने पुराना मूतिकारको गुनासो छ। मूर्ति बनाउने सीपलाई बचाइ राख्न नयाँ पुस्तालाई यो सीपसँग जोड्न स्थानीय तहले पहलकदमी लिइदिन पर्ने भङ्गाहा–५ सीतापुरका ७० वर्षीय अच्छवा महरा बताउँछन्। -रासस

प्रकाशित: २०८१ माघ १७ गते बिहिबार ०६:४५
प्रतिक्रिया

थप समाचार

१४ स्थानमा टाटा ‘गुरु’हरूलाई बीएस–६ प्रविधिसम्बन्धी तालिम दिँदै सिप्रदी

काठमाडौँ: टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाले संयुक्त रूपमा बीएस–६...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

नागढुङ्गा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन

काठमाडौँ: नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ। पहिलो दिन आइतबार ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए। सुरुङमार्ग...

कर्नालीको अपराजित यात्रामा ब्रेक, काठमाडौँ ४ विकेटले विजयी

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा काठमाडौँ गोर्खाजले कर्नाली याक्सलाई ४ विकेटले हराएको छ। लगातार तेस्रो जितको खोजीमा रहेको कर्नालीको...

भारतमा बिजुलीको माग २१.८८ प्रतिशत बढ्यो

नयाँ दिल्ली। औद्योगिक तथा व्यवसायिक गतिविधि विस्तारसँगै भारतमा विद्युत खपत बढ्दै गएको छ। बिजुलीको माग २१.८८ प्रतिशत बढेर १ खर्ब ५९ अर्ब ७६ करोड युनिट पुगेको छ। वृद्धिको मुख्य कारण चाडपर्वको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना