पर्सा- वीरगञ्जको नारायणी अस्पतालमा ५ सय शय्याको भवन निर्माणका लागि दबाब दिन चिकित्सकहरू धर्ना बसेका छन्।
शक्रबार बिहानदेखि नारायणी अस्पताल भवन निर्माण संघर्ष समिति धर्नामा बसेको हो।
भवन निर्माणको लागि टेन्डर भए पनि काम सुरु नभएएकाले धर्ना दिन सुरु गरिएको संघर्ष समितिका संयोजक डा. नीरजकुमार सिंहले बताए।
सिंहका अनुसार विगत लामो समयदेखि प्रयासरत रहँदा पनि नारायणी अस्पतालको भवन निर्माण हुन सकेको छैन।
नेपालका अन्य केन्द्रीय अस्पतालहरूमा भने ५ सय शय्याको भवन निर्माण भई कार्य सञ्चालन समेत भइसकेको उनको भनाइ छ।


