काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरी डगौराले साना दललाई कमजोर बनाउने गरी संविधान संशोधन गर्न नहुने बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बिहीवार धारणा राख्दै गंगाले आफ्नो दल संविधान संशोधनको पक्षमा भए पनि साना दललाई कमजोर बनाउने पक्षमा नहरेको बताएका हुन्।
सबै जातजाति, भाषा, धर्म, संस्कृतिको पहिचान जोगिने गरी संविधानको संशोधन गरिनुपर्ने उनको धारणा छ।
साना दललाई थप कमजोर बनाउनेगरी संविधान संशोधन हुने हो कि भन्ने त्रास रहेको उनले उल्लेख गरे।
सरकारले अध्यादेशमार्फत् केही कानुन संशोधन गरेकामा प्रशंसा गर्दै सांसद चौधरीले अध्यादेशका केही बुँदामा भने असहमति रहेको जानकारी दिए।
भूमि सम्बन्धी अध्यादेशमार्फत ल्याइएका व्यवस्थाप्रति आफ्नो दलको असहमति रहेको उनको भनाइ छ।
संसद्को चालु अधिवेशनलाई थप प्रभावकारी बनाउन सबैको सक्रिय भूमिका रहनुपर्नेमा उनले जोड दिए।


