२०८३ कार्तिक १७ गते सोमबार

अछाम घटना : फोनबाट प्रेम सम्बन्ध, पहिलो भेटमै दुई किशोरीको हत्या

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १९
kishori

अछाम– अछामको ढकारी गाउँपालिका–१ को छिन्ने जंगलमा मृत भेटिएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको खुलेको छ।

शुक्रबार गोठालो गएका दुवै किशोरी बेपत्ता भएपछि खोज्ने क्रममा भोलिपल्ट जंगलमा मृत भेटिएका दुवै जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको हो। ढकारी गाउँपालिका–८ पल्साताकी दुवै किशोरी(फूपूभदै)लाई ढुंगा प्रहार गरी हत्या भएको प्रहरीको निष्कर्ष छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले गरेको अनुसन्धानबाट उनीहरूको हत्या भएको खुलेको हो।

हत्या गरेको अभियोगमा ढकारी गाउँपालिकाकै दुई किशोर (६९ मंगलसेन ७३ र ६९ मंगलसेन ७६) लाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ। उनीहरु दुवै नाबालिग भएका कारण नाम सार्वजनिक गरिएको छैन।

दुई किशोरीको हत्याको प्रमुख कारण प्रेम सम्बन्ध भएको प्रहरीले जनाएको छ। मृतक इशरा खड्का र पक्राउ परेका मध्येका एक किशोर ६९ मंगलसेन ७३ बीच लामो समयदेखि फोनमा कुराकानी गर्ने गरेका थिए। उनीहरूको संवाद प्रेम सम्बन्धमा पुगेको थियो। तर भेट्ने मौका भने नपाएको प्रहरीको भनाइ छ।

पक्राउ परेका दुवै किशोर (६९ मंगलसेन ७३ र ६९ मंगलसेन ७६) कोसेली लिएर बिहीबार फूपूको घर पुगेका थिए। फूपुको घर आएको मौकामा इशरासँग भेट गर्ने योजना अनुसार उनीहरुबीच टेलिफोन संवाद भयो। गोठालो गएका बेला छिन्ने जंगलमा भेट्ने तय गरे।

दुवै किशोर घुमफिर गरेर आउने भन्दै शुक्रबार बिहानै फूपुको घरबाट निस्किए। फूपुको छोरा अन्दाजी १० वर्षीय बालकलाई पनि सँगै लिएर किशोरी भेट्न छिन्ने जंगलतर्फ लागेका थिए।

दिउँसो करिब साढे १२ बजे बाख्रा चराउने भन्दै जंगल गएका इशरा र सरस्वतीसँग भेट भयो। इशरा र सरस्वतीसँग दुई किशोर (६९ मंगलसेन ७३, ६९ मंगलसेन ७६) र १० वर्षीय बालकले भेट गरे।

इशरासँग टेलिफोनमा संवाद गर्दै आएका किशोर(६९ मंगलसेन ७३)ले दोपट्टा साटे। उनले सरस्वतीसँग पनि मायाको चिनो दोपट्टा मागेका थिए। तर सरस्वतीले इशराकै सेतो दोपट्टा खोसेर (६९ मंगलसेन ७३)लाई दिएका थिए। तर सरस्वतीले दोपट्टा नदिएपछि ६९ मंगलसेन ७३ले सरस्वतीको एअरफोन खोसेका थिए। उक्त एअर फोन इशराले आफ्नो दाइको भन्दै फिर्ता मागेकी थिइन्।

दुवै किशोरी र दुवै युवक ठूलो ढुङ्गामा दोपट्टा खोसाखोस भएका थिए। यसै क्रममा आपसमा विवाद भएको थियो। सोही समयमा सरस्वती खड्‌का र इशरा खड्‌का निजहरु बसेको ढुङ्गाको तलतिर गएकीमा ईशरा खड्‌का बाख्रा फर्काउन भनि जंगलमा गएकी थिइन्। सरस्वती खड्‌का सोही ढुङ्गाको तलतिर उभिएकी थिइन्। सोही समयमा ६९ मंगलसेन ७६ सरस्वती खड्‌का उभिएको स्थान नजिकै पुगेका थिए।

६९ मंगलसेन ७६ ले सरस्वतीसँग यौन सम्पर्कका लागि प्रस्ताव गरेका थिए। तर सरस्वतीले विवाहको सर्त अघि सारेकी थिइन्। किशोर (६९ मंगलसेन ७६)ले आफ्नो उमेर कम भएकाले ५/६ वर्षपछि मात्र विवाह गर्न प्रस्ताव गरेका थिए। तर किशोरको उक्त शर्त मान्न सरस्वती तयार भइनन्। यसपछि उनी खोलातर्फ लागेकी थिइन्।

आफूलाई यौन सम्पर्क गर्न नदिएको झोँकमा ६९ मंगलसेन ७६ ले सरस्वती खड्‌काको टाउकोमा सरस्वती खड्‌कामाथि प्रहार गरेका थिए। उनी सोही स्थानमा ढलिन्। सोही स्थानमा उनको मृत्यु भएको थियो। तर ६९ मंगलसेन ७६ माथि गएर सरस्वती ढलेको स्थानतर्फ ठूलो ढुंगा लडाइदिएका थिए। यसपछि ढुंगा आयो भाग् भन्दै चिच्याएका थिए।

ढुंगा गुड्न रोकिएपछि यसपछि ईश्वरा खड्‌का सरस्वती ढलेको स्थानमा पुगेकी थिइन्। त्यहाँ पुग्दा सरस्वतीको मृत्यु भइसकेको देखेपछि ‘यो कुरा कसैलाई नभन्नू’ भनी दुवै किशोरले भनेका थिए। तर ईशराले अस्वीकार गरिन्।

इशराले घरतर्फ जान प्रयास गरिन्। दुवै किशोरले हात समातेर रोके। तर नमानेपछि बाटो छेकेर इशराको निधारमा प्रहार गरे। इशरा पनि सोही स्थानमा ढलिन्। तीनै जनाले माथि गएर दुवै जना किशोरीको शव भएको स्थानतर्फ ढुंगा लडाएका थिए।

पछि दुवै जनाको शव सोही स्थानमा छाडेर दुवै किशर भागेका थिए। दुवै युवकलाई अछाम जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई प्रहरीको निगरानी कक्षमा राखी अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

तीन जनाले भीर माथिबाट ढुंगा खसालेको आवाज स्थानीयले सुनेका थिए। उनीहरूको बयानका आधारमा प्रहरीको अनुसन्धान थालेको थियो।

गाउँबाट भाग्ने योजना बनाइरहेको अवस्थामा प्रहरीले आइतबार राति दुवै किशोर पक्राउ परेका थिए। पक्राउ परेकामध्ये १० वर्षीय बालकले अनुसन्धानमा सघाएका कारण उनलाई सरकारी साक्षी राखिएको छ। अन्य दुई जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गर्ने प्रहरीको तयारी छ।

प्रकाशित: २०८१ माघ १९ गते शनिवार १२:४३
प्रतिक्रिया

थप समाचार

१४ स्थानमा टाटा ‘गुरु’हरूलाई बीएस–६ प्रविधिसम्बन्धी तालिम दिँदै सिप्रदी

काठमाडौँ: टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाले संयुक्त रूपमा बीएस–६...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

नागढुङ्गा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन

काठमाडौँ: नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ। पहिलो दिन आइतबार ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए। सुरुङमार्ग...

कर्नालीको अपराजित यात्रामा ब्रेक, काठमाडौँ ४ विकेटले विजयी

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा काठमाडौँ गोर्खाजले कर्नाली याक्सलाई ४ विकेटले हराएको छ। लगातार तेस्रो जितको खोजीमा रहेको कर्नालीको...

भारतमा बिजुलीको माग २१.८८ प्रतिशत बढ्यो

नयाँ दिल्ली। औद्योगिक तथा व्यवसायिक गतिविधि विस्तारसँगै भारतमा विद्युत खपत बढ्दै गएको छ। बिजुलीको माग २१.८८ प्रतिशत बढेर १ खर्ब ५९ अर्ब ७६ करोड युनिट पुगेको छ। वृद्धिको मुख्य कारण चाडपर्वको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना