काठमाडौँ– भारतीय वित्तमन्त्री निर्मला सीतारमणले आठौँपटक बजेट ल्याएकी छन्।
लगातार तेस्रो कार्यकालका लागि भारतीय सरकारको नेतृत्व गरेका प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिपरिषद्मा वित्तमन्त्रीको जिम्मेवारीमा रहेकी सीतारमणले शनिबार लोकसभामा बजेट प्रस्तुत गरेकी हुन्।
मध्यम आर्थिक अवस्था भएकाहरूलाई विशेष प्राथमिकता दिँदै बजेटमा १२ लाखसम्म भारतीय रुपयासम्मको आम्दानीमा कर नलाग्ने व्यवस्था ल्याइएको छ।
सन् २०१४ मा ल्याएको बजेटमा साढे २ लाख रुपया, सन् २०१९ मा ५ लाख रुपया, सन् २०२३ मा ७ लाखसम्मको सीमासम्म आम्दानीमा कर नलाग्ने व्यवस्था गरिएको थियो।


