२०८३ साउन १३ गते बुधबार

‘कांग्रेसका नेताहरू पनि जेल जानुभएको छ, तर कांग्रेस त सडकमा गएन नि !’

 |  कमलादेवी पन्त
Sanket

कमलादेवी पन्त

काठमाडौँ, माघ २७
kamaladevi-panta

म राजनीतिक पारिवारिक वातावरणमा हुर्किएकी हुँ। यसै सिलसिलामा राजनीतिक अधिकारका लागि अग्रपङ्क्तिमा रहेको पद्मकन्या क्याम्पसमा म अध्ययनका लागि आइपुगेकी थिएँ।

नेपाली कांग्रेसका अग्रज नेताहरूको सामीप्यले मलाई लोकतान्त्रिक शासन व्यवस्थाका पक्षमा अझ सक्रिय भएर अघि बढ्न प्रेरणा पनि मिल्यो। राजनीतिमा लागेर अध्ययन बिग्रने हो कि भन्ने घरपरिवारको चिन्ताबीच मैले राजनीति र पढाइ दुवैलाई एकसाथ बढाएँ।

कांग्रेसले तत्कालीन पञ्चायत व्यवस्थाविरुद्ध आन्दोलन गरिरहेका बेलामा म पद्मकन्या क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सहसचिव थिएँ। २०४५ सालमा भएको निर्वाचनबाट स्ववियु सभापतिमा चुनिएँ। पार्टीका काममा पनि सक्रिय म २०४६ सालको जनआन्दोलनमा अझ सक्रियतापूर्वक लागेँ। कुनै पनि हालतमा जनआन्दोलन सफल बनाउनुपर्छ भनेर हामी विद्यार्थीले कम्मर कसेर लागेका थियौँ।

मेरो जुझारु स्वभाव र क्षमता देखेर नै कांग्रेसले २०५१ सालको आमचुनावमा मलाई गोरखाबाट सांसदका लागि टिकट दियो। मैले २०५१ र २०५६ सालमा गोरखाबाट संसद्को चुनाव जितेकी थिएँ। महिला भएर राजनीति गर्न सहज भने थिएन। राजनीतिमा लागिसकेपछि पुरुषसँग पनि हिँड्नुपर्थ्यो। कोसँग हिँडेको भन्ने प्रश्न आउँथे। महिलासँग मात्रै हिँडेर त साध्य हुन्थेन नि। महिला भएर राजनीति गर्न अहिलेभन्दा पहिला चुनौती बढी थियो।

२०४६ सालमै हामीले बहुदलीय संसदीय व्यवस्था अङ्गालेका भए पनि देशभित्र माओवादीको सशस्त्र आन्दोलन, सरकारहरूको निर्माण र विघटन, पार्टीभित्र र बाहिर अन्तद्वन्द्व चरम अवस्थामा थियो। यहीबीच राजाले बहुदलीय व्यवस्थामाथि नै धावा बोले। त्यसकाविरुद्ध माओवादी र तत्कालीन सात दलबीच सहकार्य भएर २०६२/६३ सालमा फेरि आन्दोलन भयो। यी आन्दोलनबाट देशकै शासकीय स्वरुपमा नयाँ अध्याय सुरु भयो। हामी गणतान्त्रिक मुलुकमा रुपान्तरित भयौँ।

मुलुकमा गणतन्त्र त आयो, तर पछिल्लो समय राजनीतिक संस्कार नै हराउन थालेको आभास भइरहेको छ। अर्थतन्त्र मन्दीको अवस्थामा छ। सरकारहरूले यो चुनौतीलाई कसरी व्यवस्थापन गर्ने हो भन्ने प्रश्न तेर्सिएको छ। विकास, निर्माणका कार्यहरू कसरी सञ्चालन गर्ने रु ऋण कसरी तिर्ने रु यी चुनौती हरेक सरकारकासामु प्रश्न बनेर उभिएका छन्।

अर्को विषय भनेको, बोल्ने तर काम नगर्ने चलन व्याप्त भयो। सरकारले जनतालाई आश्वस्त तुल्याउन सक्नुपर्छ। जनताको विश्वास जित्नुपर्छ। उनीहरूको मुहार हँसिलो हुँदै जानुपर्छ। जनतालाई खुसी हुन दिनुपर्छ। विडम्बना, राजनीतिमा एकले अर्कालाई गाली गर्ने चलन बढेको बढ्यै छ, असहिष्णु व्यवहारले जरो गाडेको छ। यो प्रवृत्तिमा सुधार हुनुपर्छ।

राजनीतिक नेतृत्व र जनताकाबीच खाडल अझ फराकिलो हुँदै जान थालेको आभास भइरहेको छ। जनता र राजनीतिलाई जोड्नुपर्ने अहिलेको आवश्यकता हो। यो कार्य जतिसक्दो चाँडो हुनुपर्छ, नत्र मुलुकमा अर्को दुर्भाग्य निम्तिन सक्छ।

राज्यलाई पनि जनताले विश्वास गर्ने वातावरण हुनुपर्छ। हरेक कुरामा राजनीतिक रङ छर्नु हुँदैन। जस्तै, मन्त्रालयका सचिवहरूलाई पनि राजनीतिक रङ लगाइएको छ। आफ्नो स्वार्थअनुसार रातारात सरुवा गरिन्छ। कसलाई सचिव राख्दा कार्यदक्षता बढ्न सक्छ पो हेर्नुपर्छ। उनीहरूको दक्षताको मूल्याङ्कन हुनुपर्छ। राज्यप्रतिको विश्वास र अर्थ आर्जन अहिलेको आवश्यकता हो।

राजनीतिमा समस्याहरू अझ झाङ्गिँदै गएको पाइन्छ। सांसदको गरिमा खस्किएको छ। एकअर्कामा आरोप प्रत्यारोप बढ्दो छ। आज झगडा, भोलि सत्ता परिवर्तन हुन्छ। अनि भाषा फरक हुन्छ। सांसदले आफू आबद्ध दलको निर्देशन (ह्वीप) मान्नुपर्छ, तर सांसदले मनमा लागेको कुरा बोल्न पाइँदैन भन्ने हुन्छ र ? जनताले चाहेको कुरा हरेक सांसदले संसद्मा भन्न पाउनुपर्छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यले भनेको मात्रै मान्नुपर्छ भन्ने त हुन्न। हामी सांसदले जनताको पुलको काम गर्नुपर्छ। जनताको भावना सम्बोधन हुनेगरी काम गर्नुपर्छ।

सांसदहरू स्वयं पनि रचनात्मक हुनुपर्छ। संसद् राम्रोसँग चल्न पाएको छैन। कसरी असफल बनाउने भन्ने मात्र देख्छु। आफूलाई लागेको कुरा बोलेर राख्नुपर्छ नि। अर्को कुरा, संसदीय आचरणलाई ध्यान पुर्‍याउनुपर्छ।

संविधानमा भएका मौलिक हक कार्यान्वयन हुन नसक्नु अर्को दुर्भाग्य हो। कानुन बनाउँछौँ। तर ऐनको नियमन गर्न सक्दैनौँ। सहकारी ऐनलाई राम्रोसँग कार्यान्वयन गर्न सकेको भए अहिलेको समस्या आउने थिएन। अनि सांसद नै सहकारी ठगीमा संलग्न हुनु निकै दुःखद् हो। कांग्रेसका नेताहरू पनि भ्रष्टाचारको मुद्दामा जेल जानुभएको छ तर कांग्रेस त सडकमा गएन नि। अहिले त सडकमा गएर अराजक रूपमा विरोध भइरहेको छ। यो राजनीतिक संस्कार होइन।

संविधानका केही कुराहरू संशोधन गर्न आवश्यक छ। महिलाकै मुद्दाहरू पनि छन्। राष्ट्रपति तथा अरू पदमा ‘वा, र, तर’ जस्ता शब्दहरू सुधार गर्नुपर्ने छ। महिलालाई भूगोलमा आरक्षण दिनेतर्फ पनि सोच्नुपर्छ। संविधान संशोधनको कुरा पार्टीले नै छलफलमा ल्याएको छैन। पहिला त हामीले संविधानको इमान्दार रुपमा कार्यान्वयन गर्नुपर्छ। यति सुन्दर संविधान छ।

अहिले संवैधानिक आयोगहरूले राम्रो काम गर्न सकिरहेका छैनन्। जनताको जीवनस्तर के छ ? अनुगमन गर्नुपर्छ। जनताको पेटभरि खान पाउने अधिकार सुनिश्चित गर्नुपर्छ। उनीहरूलाई अधिकारसम्पन्न बनाउनुपर्छ। किन काम हुन सकेन निगरानी गर्न आवश्यक छ।

पछिल्लो समय गुनासैगुनासाहरू बढिरहेको छ। गुनासा घटाउने र क्षमता अभिवृद्धि गराउने काम गर्नुपर्छ। कानुन र नियमले दिएका अधिकार प्रयोग गर्न डटेर काम गर्नुपर्छ। मुलुकमा सुशासन चाहिँ छैन। भ्रष्टाचार नियन्त्रण हुनसकेमा मात्रै सुशासन हुन्छ। दिगो विकास हुनुपर्छ। तर मुलुकको विकास दिगो छैन। तसर्थ सुशासन कायम राख्न भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक छ।

सांसद कमलादेवी पन्तको परिचय

राष्ट्रियसभा सदस्य कमलादेवी पन्त ६० वर्षअघि गोरखा जिल्लामा जन्मनुभएको हो। उहाँ पोलियोका कारण आजकल सहज रुपमा हिँड्डुल गर्नसमेत सक्नुहुन्न।

राष्ट्रियसभामा भने २०७८ साल माघदेखि संसद्का रुपमा जोडिनुभएको छ। सांसद पन्त हाल राष्ट्रियसभा मातहतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापति हुनुहुन्छ। (‘सांसदसँग रासस संवाद)’का लागि राष्ट्रियसभा सदस्य पन्तसँग राससका समाचारदाता प्रगति ढकालले गर्नुभएको कुराकानीको सम्पादित अंश

प्रकाशित: २०८१ माघ २७ गते आईतबार १२:३१
प्रतिक्रिया

थप समाचार

‘सिङ्गो देश डिप्रेसनमा छ’

डिप्रेसनले राज गरेको मुलुकमा समाज सधैँ एउटा नायकको खोजीमा हुँदो रहेछ, तर कसैलाई लामो समय विश्वास गर्न नसकेर नायक बदलिरहँदो रहेछ। को

गीत ‘मास्टर्नी’ को पोस्टरको समाजशास्त्रीय विश्लेषणः समाज निर्माणको आधारमा प्रहार

शिक्षक समाजको एउटा महत्वपूर्ण खम्बा हो। शिक्षकले ज्ञान, सीप, मूल्य र मान्यताहरू नयाँ पुस्तामा हस्तान्तरण गर्दै समाजलाई सही दिशामा डोऱ्याउने कार्य गर्छ। त्यसैले, शिक्षकलाई मनोरञ्जनको पात्र...

नेपो डच डिजिज र रेमिटान्स मेन समाज !

ल्हासातिर ऊन बेचेर सुन भित्र्याइने नेपालले आफ्ना स्रोत त्यति नै बेलादेखि नै नचिनेर होला, पहाडतिरका बलिया र सग्ला पाखुराहरू लाहुरे बन्ने तोडमोडमा कसैले थर फेरे, कसैले घर फेरे; जसरी हुन्छ लाहुरे...

‘व्यक्तिगत ग्यारेन्टी हट्नु सम्पत्तिमा आधारित अर्थतन्त्रबाट उत्पादनमा लैजाने कदम’

नेपालमा बैंक तथा वित्तीय संस्थाले व्यवसायिक कर्जा प्रवाह गर्दा व्यवसायीको व्यक्तिगत जमानी (पर्सनल ग्यारेन्टी) अनिवार्य रूपमा लिने प्रचलन लामो समयदेखि रहेको छ। अहिले यो व्यवस्था हटाउने विषयमा...

‘जलविद्युतमा लगानी पुनसंरचना गरेर सेयर प्राइस डिस्कभरी मेकानिज्ममा जानुपर्छ’

सुरुवाती दिनदेखि जोखिम मोल्ने प्रवर्द्धकको सेयर मूल्य र सबै जोखिम न्यूनीकरण भइसकेपछि आउने लगानीकर्ताको सेयर मूल्य बराबरी हुनु वैज्ञानिक देखिँदैन। त्यसैले, प्रवर्द्धकको मेहनत, विज्ञता र...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना