काठमाडौँ- काठमाडौँ कमलपोखरीस्थित शान्दार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका ११ जनामध्ये ६ जनालाई आइसीयूमा भर्ना गरिएको छ।
माघ २४ गते विस्फोटमा परी घाइते भएर कीर्तिपुर अस्पतालमा उपचाररत घाइतेमध्ये ५ जनाको अवस्था सुधारजनक रहेको छ। उपचाररत घाइते सबैको अनुहारमा जलन भएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार हात, खुट्टा र छातीमा पनि जलन भएको छ। ५ जना बोल्न सक्ने अवस्था रहेपनि सामान्य अवस्था हुन समय लाग्ने देखिएको अस्पतालले जनाएको छ।
काठमाडौँको कमलपोखरीस्थित शानदार मःम पसलमा ग्याँस सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते भएका थिए। केशव श्रेष्ठको घरमा सञ्चालनमा रहेको सानदार मःम सेन्टरमा अचानक ग्यास विस्फोट भएको थियो।


