काठमाडौँ- काठमाडौँको चाबहिलस्थित कुमारीगालमा एक युवकको हत्या भएको छ।
सोमबार बिहान दुई समूहबीच झगडा हुँदा काभ्रे घर भएका २२ वर्षीय अमृत कार्कीको ज्यान गएको हो।
छुरा हानेर उनको हत्या गरिएको प्रहरी वृत्त गौशालाले जनाएको छ।
हत्यामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन्।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
