काठमाडौँ – सरकारले ल्याएका सबै अध्यादेश पारित हुने नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाबी गरेका छन् ।
एमाले विज्ञान तथा प्रविधि विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले अध्यादेशको विरोध भयो भन्दैमा सबै प्रयास असफल हुन्छ भन्ने नठान्न आग्रह गरे।
अध्यादेश बढाउन अनेक् विकल्पहरू रहेकाले जसरी भए पनि राज्यको कानुनमा ढाल्ने उनले उल्लेख गरे । अध्यादेशका माध्यमबाट सबै क्षेत्र सम्बोधन गर्ने प्रयास गरेको उनको भनाइ छ । महासचिव पोखरेलले कानुन कार्यान्वयनका लागि आवश्यक परे नियमावली बनाइने पनि बताए।


